भारतीय रिजर्व बैंक (आरबीआई) ले मे १९ मा भारु २ हजारको नोट चलनबाट हटाउने निर्णय गरेको छ ।
भारत सरकारले सन् २०१६ को नोभेम्बर देखि जब रु.५०० र रु.१००० दरका पुराना नोटहरुको प्रचलनमा प्रतिबन्ध लगायो त्यस पछि रु.२००० दरका नयाँ नोटहरु प्रचलनमा ल्याएको थियो ।
आरबीआईका अनुसार रु. २००० दरका नोटहरु आफ्नो बैंक खातामा जम्मा गर्न वा कुनै पनि बैंकको शाखामा गएर सटही गर्न सकिने जनाएको छ ।
एक पटकमा रु. २००० दरका २०००० हजार बराबरको नोट साट्ने सुविधा २३ मे देखि ३० सेप्टेम्बर सम्म उपलब्ध हुुने भारतीय केन्द्रीय बैंकले जनाएको छ ।
आरबीआईले बैंकहरूलाई तत्काल रु.२००० दरका नोटहरूको कारोबार बन्दगर्न निर्देशन दिएको छ । कालोधन जम्मा गर्नको लागि रु.२००० दरका नोटहरु अधिकमात्रामा प्रयोग भएकोले भारतीय रिजर्भ बैंकले सन् २०१८/०१९ बाट नै रु.२००० दरका नोटहरु निस्कासन गर्न छाडेको थियो ।
भारतीय रिजर्भ बैंकको क्लिन नोट नीति अनुसार रु. २००० दरका नोटहरू चलनचल्तीबाट हटाउने निर्णय गरिएको आरबीआईले जनाएको छ ।