पर्यटन व्यावसायी भविश श्रेष्ठलाई भारतमा सम्मान

मेचीनगर  । कोशी प्रदेशका पर्यटन व्यवसायी भविश श्रेष्ठलाई भारतमा एक कार्यक्रमबिच सम्मान गरिएको छ । भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय मानवअधिकार अधिवेशन कार्यक्रममा नेपालको तर्फबाट गएका पर्यटन व्यवसायी श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रम दुई देशीबिच पर्यटन र मानव अधिकार साथै क्रस बोर्डरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको सम्मानित भएका श्रेष्ठले जानकारी दिए ।   भारतीय पर्यटकहरू नेपालमा आउँदा उनीहरूले पाउने सेवा सुविधा राज्यले गर्नु पर्ने  सुरक्षा र मानवअधिकारको हिसाबले पर्यटकको संरक्षण गर्ने कुरामा नेपालको तर्फबाट अहिले भइरहेको व्यवस्था र त्यसमा नेपालका पर्यटन व्यसायीहरुले गरेको सहजीकरणको बारेमा श्रेष्ठले जानकारी दिएका थिए ।

कार्यक्रममा भारतका विभिन्न प्रदेशबाट पुगेका  भारतीयहरूलाई नेपाल घुम्न आउनकोलागि निम्तो गरिएको छ ।नेपालमा प्रशस्त पर्यटनको सम्भावना भएर पनि काम हुन नसकेको अवस्थामा भारतीय पर्यटकलाई मात्र नेपालमा टिकाउन सक्ने खालको नीति राज्यले लिने हो भने पर्यटन क्षेत्रमा कायापलट गर्न सकिने पर्यटन व्यवसायीको भनाई छ।

Exit mobile version