३० साउन, काठमाडौँ : हिंसा र प्रदर्शनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले प्रतिक्रिया दिएकी छन् । सत्ताच्युत भएर देश छाडेपछि हसिनाले दिएको यो पहिलो प्रतिक्रिया हो ।
हसिनाका छोरा साजिब वाजेदले एक्स (ट्विटर) मा हसिनाको तर्फबाट प्रतिक्रिया सार्वजनिक गरेका हुन् । उक्त प्रतिक्रियामा हसिनाले हिंसा गर्नेहरूमाथि कडा कारबाहीको माग गरेकी छन् ।
साथै १५ अगस्ट १९७५ मा भएको घटनाको सम्झना गर्दै दुःख व्यक्त गरेकी छन् भने बंगबन्धुप्रति गहिरो सम्मान व्यक्त गरेकी छन् । त्यस्तै उक्त घटनाका पीडितहरूप्रति सम्मान व्यक्त गरेकी छन् ।
१५ अगस्ट सन् १९७५ मा राष्ट्रपतिसमेत रहेका हसिनाका बुबा बंगबन्धु शेख मुजीबुर रहमान, उनका भाइ तथा परिवारका अन्य सदस्य तथा सहयोगीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । त्यसको सम्झनामा बंगलादेशमा यो दिवस मनाइँदै आएको छ ।
पछिल्लो प्रदर्शनप्रति प्रतिक्रिया दिँदै हसिनाले भनेकी छन्- मेरो बुबालगायत शहीदहरूको अपमान गरियो । साथै उनले १५ अगस्टमा मनाइँदै आएको राष्ट्रिय शोक दिवसलाई पूर्ण गरिमा र गम्भीरताका साथ मनाउन अपिल गरेकी छन् ।
उनले भनेकी छन्, ‘म तपाईंहरूलाई अपिल गर्दछु १५ अगस्टको राष्ट्रिय शोक दिवसलाई पूर्ण गरिमा तथा गम्भीरताका साथ मनाइयोस् । बंगबन्धु भवनमा फूल-माला चढाएर प्रर्थना गरी सम्पूर्ण आत्माको मुक्तिका लागि प्रार्थना गर्नुहोला ।’
विद्यार्थीहरूको प्रदर्शनका कारण देश छाड्न बाध्य भएकी हसिना अहिले भारतमा छिन् । देश छाडेपछि दिएको पहिलो प्रतिक्रियामा उनले आफ्ना बाबुलगायत शहीदहरूको अपमान गर्ने तथा हिंसा गर्नेहरूमाथि कडा कारबाहीको माग गरेकी छन् ।

हसिनाले भनेकी छन्- पछिल्लो जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएको तोडफोड, आगजनी तथा हिंसामा कयौँ व्यक्तिहरूको ज्यान गइसकेको छ । उनले भनेकी छन्, उक्त हत्या तथा बर्बरतामा संलग्नहरूमाथि जाँच गरी दोषीमाथि कडा कारबाही गरियोस् ।