बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

९ मंसिर, मेचीनगर :  बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको छ । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटोहुँदैं अबैधरुपमा बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल —भारत सीमा क्षेत्रमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

। पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि स्थानीय प्रशासनले सतर्कता अप्नाएको बताईएको छ । खासगरी नेपाल प्रवेशको काँकरभिट्टा, भद्रपुर तथा गौरीगञ्ज नाकाहरु र अन्य स्थानमा समेतसुरक्षा अवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

‘यसै विषयलाई लिएर जिल्लास्थित सुरक्षा समितिको बैठक समेत सम्पन्न भएको छ’ कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले भने,‘आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका सचिवसहितको उपस्थितिमा समेत बैठक बसेको छ । बैठकमा यो विषयमा कुरा उठेको थियो । ’ झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमाना रहेको छ । खुला सीमानाको फाईदा उठाउँदैं कसैले पनि गलत क्रियाकलाप गर्न नसकुन् भनेर भारतसँग सीमा जोडिएका नेपालतर्फको नाकामा प्रहरीले उच्च निगरानी बढाएको कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए । केहीदिन अघि अबैधरुपमा काँकरभिट्टा नाका हुँदैं बंगलादेशी नागरिक नेपाल छिर्न लागेको गोप्य सूचना प्रशासनलाई जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै सवै नाकामा नेपाली सुरक्षा अधिकारीहरुले हरेक नाकाहरुमा उच्च सतर्कता अप्नाएको र निगरानी बढाएको कार्यालयको भनाई छ ।

भारतको पानीट्याँकीबाट नेपालको काँकरभिट्टा नाका हुँदैं बंगलादेशका नागरिक नेपाल प्रयास गर्ने प्रयास गरिरहेका खवर विभिन्न स्रोतबाट प्राप्त हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाई छ । नेपालको झापाबाट बंगलादेशको राजधानी ढाका करिब पाँच सय किमि टाढा पर्छ । मेची पुलबाट बंगलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किमि मात्रै टाढा पर्छ । बंगलादेशीहरू भारतीय नागरिक‐बंगाली) बनेर अवैध रूपमा नेपाल छिर्ने गरेका घटना बेला–बेला सार्वजनिक हुँदै आएका कारण पनि पछिल्लो समय नेपालतर्फ आवतजावत गर्नेमा कडाई गरिएको र शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक जानकारी लिने गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए ।

बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएपछि फेरी बंगलादेशको राजनीतिक संकट र हिंसाका बढ्न सक्ने बताइएको छ । ५ अगस्ट २०२४ मा आन्दोलन भड्किएर हसिनासहित अन्य तत्कालीन सरकारका आरोपी देश छाडेर भाग्नु परेको थियो । अगस्ट २०२४ मा हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन् ।

छिमेकी देश बंगलादेशमा पछिल्लो महिना दिनयताको विकसित राजनीतिक परिस्थितिका कारण बंगलादेशीहरू धमाधम देश छाड्ने क्रम शुरु भएको स्रोतको भनाई छ । भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने प्रशस्त सम्भावना देखिएकाले पनि नेपालतर्फ सरक्षा व्यवस्था र चेकजाँचलाई कडाई पारिएको हो । ‘बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ’ एकजना प्रहरीका उच्च अधिकारीले भने, बंगलादेशको राजनीतिक घटनाक्रमको असर नेपालसम्मै पर्न सक्ने जोखिमलाई ध्यान दिँदै सीमा क्षेत्रबाट हुने आवागमनलाई सूक्ष्म निगरानी गर्न र अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा संयन्त्रको उपस्थिति बाक्लो बनाएका छौ ।’ नेपाली सुरक्षा अधिकारीहरुका अनुसार हसिना समर्थक र हालको अन्तरिम सरकार पक्षधरबीच थप हिंसा भड्किन सक्ने र यसबाट नेपालसम्मै असर पुग्ने आशंसहित नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागतका सुरक्षा संयन्त्रलाई उच्च सतर्कतासहित परिचालन गरीएको उनको भनाई छ । आबश्यक परे सशस्त्र प्रहरी, नेपाल प्रहरीले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा नियमितबाहेक अतिरिक्त जनशक्ति परिचालन गर्ने बताईएको छ ।

झापाको तिरीङ्ग, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा, ज्यामिरगढी, महेशपुर, पृथ्वीनगर, पाठामारी, केचना, भाघडुब्बा, पन्थापाडा, टाघनडुब्बा, कुञ्जिवारी, लालमाटी, आमगाछीलगायतका १५ स्थानमा स—शस्त्र प्रहरी बल नेपालका बोडर आउट पोष्ट ‐विओपी) छन् भने काँकरभिट्टा, भद्रपुर, घेरावारी र गौरीगञ्जमा सशसत्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खडा छन् । नेपाल प्रहरीका पनि प्रहरी चौकी, सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पनि छन् । कहिल काँही नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरीले को संयुक्त पैदल गस्ती गर्ने गरेका छन् । सीमा सुरक्षार्थ अग्रभागमा खटिने नेपालको सुरक्षा संयन्त्र सशस्त्र प्रहरी हो । त्यस्तै सीमा पार अपराध रोकथाम तथा नियन्त्रणसहितका काममा नेपाल प्रहरी तैनाथ छ । भारतले नेपालतर्फ सीमा सुरक्षार्थ सशस्त्र सीमा बल (एसएसबी) लाई खटाउँदै आएको छ । बेला बखत सीमा सुरक्षाका लागि नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने गरेका छन् ।

सीमामा असुरक्षा तथा लागूऔषधको बेचबिखन र ओसारपसार बढेपछि दुवै तर्फबाट संयुक्त गस्ती थालिएको भारतीय सुरक्षा अधिकारीहरको भनाई छ । गस्तीपछि बैठक बसी बोर्डर सुरक्षा तथा लागूऔषध बेचबिखन र ओसारपसार सम्बन्धी छलफल समेत हुने गरेको छ ।

सीमा क्षेत्रमा ‘डग स्नाइपिड’ अप्रेसन समेत जारी छ । पछिल्लो समय लागू औषधको अवैध कारोबार र विभिन्न आपराधिक गतिविधी बढ्दै गएका कारण सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषध नियन्त्रण र अपराध न्यूनिकरणका लागि नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ ।

सुरक्षा संयन्त्रले झापाको काँकरभिट्टा, भद्रपुरलगायतका खुला नाकामा सुरक्षा सतर्कता बढाइएको छ । झापाको बाहुनडाँगी, नकलबन्दा, कचनकबल, गौरीगञ्ज जस्ता नाकाबाट समेत बंगलादेशीको अवैध प्रवेश हुन सक्ने भन्दै त्यस्ता साना नाकामा पनि प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ‘कुनै बहानामा बंगलादेशीको घुसपैठ हुन नदिन नेपाल प्रहरी सतर्क छ,’ मंगलबारमात्रै पनि जिल्ला प्रहरी कार्यालय झापाले सीमाक्षेत्रमा रहेका प्रहरी यूनिटका प्रमुखहरुलाई बोलाएर यस विषयमा छलफल भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुबाट नाका कडाइ गर्ने स्पष्ट निर्देश भएको छ’ ‘कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने, हरेक प्रहरी यूनिटले त्यहीअनुरूप निगरानी चुस्त पारेका छन् । ’ बंगलादेश घटनाक्रमले अवैध घुसपैठ हुन सक्ने जोखिम औंल्याउँदै त्यहीअनुसार जनशक्तिलाई ‘हाई अलर्ट’मा राख्न यूनिटलाई झापा प्रहरी प्रमुखले निर्देशन दिएका छन् ।

सीमाबाट हुनै अवैध घुसपैठ र आउजाउलाई नियन्त्रण गर्न नियमित रूपमा प्रहरी संयन्त्र तैनाथ हुँदै आएको र बंगलादेशको विकसित घटनाक्रमसँगै अझ सशक्त र प्रभावकारी रूपमा खटाउन आवश्यक रहेको नेपाली सुरक्षाअधिकारीहरुको भनाई छ । ‘त्यसैलाई मध्यनजर गरेर विशेष गरी सीमा क्षेत्रमा तैनाथ जनशक्तिलाई यो मामिलामा प्रभावकारी रूपमा तैनाथ हुन निर्देशन दिइसकेका छौं,’ प्रहरी नायव उपरीक्षक खडकाले भने । केही महिनाअघि विहारमा सम्पन्न विधानसभा निर्वाचनमा स्पेशल इंटेंसिव रिवीजÞन (एसआईआर) भए झै पश्चिम बंगालको निर्वाचनमा समेत भए त्यहाँ रहेका अबैध नागरिकहरु नेपाल छिर्ने प्रवल सम्भावना हुने भएका पनि नेपाल प्रहरीले सीमा क्षेत्रमा उच्च सर्तकता अप्नाएको प्रहरी नायव उपरीक्षक खडकाले बताए । भारतसँग सीमा जोडिएको नेपालको एकसय ४४ किलो मिटर खुला सीमाना नेपाल प्रहरीका लागि निक्कै चूनौती रहेको बताइएको छ ।

रोहिंग्या र अफगानी नागरिकहरू भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल छिरेका घटनाहरु यस अघि पनि भएकाले त्यसतर्फ पनि नेपाल प्रहरीले बेलैमा सुरक्षा मजवुत पारेको प्रहरीको भनाई छ । विगतमा सीमा सुरक्षा र विदेशी नागरिकको आवागमन व्यवस्थापनमा देखिएका कमजोरीका कारण गैरकानुनी घुसपैठ भएको र बंगलादेशको पछिल्लो घटनाक्रमले पहिले जस्तै गतिविधि दोहोरिन नदिन सोहीअनुसार सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको जनाएको छ ।

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.