Thursday, May 6, 2021
- बिज्ञापन -
गृह अन्तर्वार्ता / विचार / समीक्षाओली समूह निष्क्रिय भए जबज खतरामा पर्नेछ : स्वतन्त्र लेखक शार्दूल

ओली समूह निष्क्रिय भए जबज खतरामा पर्नेछ : स्वतन्त्र लेखक शार्दूल

भविष्यको दिनमा केपी ओली समूह निष्क्रिय हुने वा सकिने अवस्था आएमा  जनताको बहुदलीय जनवाद ( जबज ) खतरामा पर्नेछ वा भनौं जबज लोप हुने अवस्था हुनेछ ।
माधव-प्रचण्ड समूहमा पूर्व माओवादीका नेताहरु धेरै छन् जसले जबज स्वीकार गर्दैनन् । किनकि उनीहरूको पहिलेदेखिको मार्गदर्शक सिद्धान्त नै “नौलो जनवाद” वा प्रचण्ड पथ हो । यस्तो अवस्थामा, माधवकुमार नेपाल झलनाथ खनाल योगेश भट्टराई घनश्याम भुसाल र केही थोरै एमालेका नेताहरूको बलमा अधिकांश पूर्व माओवादीहरु रहेको समुहमा जबज स्थापित हुने वा जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने अवस्था रहँदैन । बहुमत बाट पारित गरेरै भएपनि माधव-प्रचण्ड समूहको मार्गदर्शक सिद्धान्त “नौलो जनवाद” नै हुनेछ । “जबज” कि “नौलो जनवाद” लाई मान्ने भन्ने कुरामा एकपटक पूर्व एमाले नेताहरु र पूर्व माओवादी नेताहरुको बीचमा मनमुटाव हुनेछ । त्यो बहस वा मनमुटावले उग्ररुप लेला नलेला त्यो आफ्नो ठाउँमा छ तर माधव-प्रचण्ड समूहमा केही मनमुटाव भएपनि अन्तत समूहले मार्गदर्शक सिद्धान्तको रूपमा नौलो जनवादलाई नै अवलम्बन गर्नेछ ।
“म यति कुरामा निश्चितप्राय छु कि प्रचण्ड-माधव समूहको मार्गदर्शक सिद्धान्त नौलो जनवाद नै रहने छ । किनकि त्यहाँ धेरै सँख्यामा पूर्व माओवादी नेताहरु छन् जसले नौलो जनवाद र प्रचण्ड पथ मान्दछन् । “
प्रचण्ड-माधव समूहले नौलो जनवादलाई आफ्नो मार्गदर्शक बनाउने भएकोले जबज जोगाउनका लागि वा जबज को अस्तित्व कायम गरी राख्नका लागि भएपनि ओली समूह सधैँ जीवित रहनु आवश्यक छ । जिवित मात्र हैन बलियो र सुगठित पनि हुनु आवश्यक छ । त्यसकारण माधवकुमार नेपालको समर्थन गर्नेहरु वा झलनाथ खनालको सपोर्ट गर्ने पूर्व एमाले नेता कार्यकर्ताहरुले माधवकुमार नेपाल वा झलनाथ अर्को समूहमा गए भनेर उनीहरूको समर्थन गर्दै त्यो समूह तर्फ ढल्किने हो‌ वा आफ्नो मानक सिद्दान्त जबज लाइ समर्थन गर्दै उक्त सिद्दान्तलाइ आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको ओली समूहलाइ नैतिक रुपमा समर्थन गर्ने हो ? निर्णय गर्नुपर्ने दिन आएको छ । व्यक्ति महत्वपूर्ण हो वा सिद्धान्त महत्वपूर्ण हो भन्ने कुरामा घोत्लिएर सोचेर निर्णय गर्नुपर्ने अवस्था श्रृजना भएको छ। म यति कुरामा निश्चितप्राय छु कि प्रचण्ड-माधव समूहको मार्गदर्शक सिद्धान्त नौलो जनवाद नै रहने छ । किनकि त्यहाँ धेरै सँख्यामा पूर्वमाओवादी नेताहरु छन् जसले नौलो जनवाद र प्रचण्ड पथ मान्दछन् ।
त्यसकारण फरक व्यक्तिलाई समर्थन गरेपनि जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त मान्नेहरु ओली समूहमा गोलबद्ध हुनुपर्दछ ।
( शार्दुल एक स्वतन्त्र ,लेखक समिक्षक हुन् । उनले देशमा भएका घटनामा आधारित रहेर सान्दार्भिक धारणाहरु दिदै आएका छन् । )

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु