Thursday, May 6, 2021
- बिज्ञापन -
गृह अन्तर्वार्ता / विचार / समीक्षाप्रगतिशील वैज्ञानिक समाजवाद आजको आवश्यकता : शार्दूल

प्रगतिशील वैज्ञानिक समाजवाद आजको आवश्यकता : शार्दूल

आज विश्वमा प्रखर रुपमा दुई “वाद” प्रयोगमा छन् । ती हुन् “पूँजीवाद” र “समाजवाद” । केहि मानिसले आँफूलाई  कुनै पनि  सिद्धान्तप्रति आस्था नभएको भन्ने गरेतापनि अदृश्य रुपमा कुनै एक प्रति झुकाव हुनेगरेको पाइएको छ ।

२० को दशकबाट शुरु भएको समाजवादी आन्दोलनले हालसम्म विभिन्न व्यक्तिको कौशल परीक्षण गर्दै आफूलाई थप सवल बनाउँदै अघि बढिरहेको इतिहास छ । एक दृष्टीले हेर्दा, समाजवादको भिडन्त सदैव पूँजीवादप्रति लक्षित वा समाजवाद चाहि पूँजीवादका विरुद्ध हो की ? जस्तो भ्रम केही घटनाक्रमले सृजना गरेका छन् । वास्तवमा प्रतिस्पर्धात्मक राजनितीमा सफलता आफ्नो पोल्टामा पार्ने प्रयत्न सबै पक्षबाट हुनेगर्दछ । यहि प्रतिस्पर्धात्मक प्रयत्नका क्रममा मानवीय प्रकृति ,सोच विचार र मनस्थितिमा निर्भर रहेर केही यस्ता घटनाहरु घटेका छन् जसलाइ विश्वले पूँजीवादका विरुद्धमा समाजवादको आक्रमणको रुपमा बुझेका छन् । प्रतिस्पर्धात्मक आक्रमण भएतापनि सम्पूर्ण इतिहासलाई नियाल्ने हो भने यसप्रकारका घटनाहरु कुनै एक पक्षबाट मात्र भएको भने छैन । चाहे समाजवाद होस् वा पूँजीवाद,सैद्धान्तिक रुपमा दुवै   सबल  छन् । दुवैको पथ र पद्धति  फरक मात्र हो तर गन्तव्य  एउटै हो, कम-से-कम जनहितमा आधारित सफलता प्राप्तीका लागि । केही कमी कमजोरी दुवै वादमा छन् र यिनीहरुका स्पष्ट देखिने र नदेखिने कमजोरीहरुनै एकअर्काको शक्ति परिक्षण र सुदृढ पार्ने मौकाको रुपमा सदुपयोग र दुरुपयोग हुँदै आएका छन् ।

विश्वलाई समाजवादको आवश्यकता महशूस  हुनुमा पनि पूँजीवादका कमजोरीहरु जिम्मेवार छन् । शुरुवाती इतिहास जस्तो भएतापनि  आजको आवस्यकता भनेको प्रगतिशील वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक शब्द प्रयोग हुने बित्तिकै यसलाइ भौतिकशास्त्र वा रसायनशास्त्र जस्ता पढेर ख्याक हुने विज्ञानसँग तुलना गर्नु भूल हुनेछ । सुरक्षित विश्व निर्माणको अभियानले तब मात्र पूर्णता प्राप्त गर्दछ जब विश्वले समाजवादी पद्धतीलाई पूर्णतया अँगाल्छ । सैद्धान्तीक रुपमा मात्र होइन व्यावहारिक  रुपमा पनि समाजवादको दृष्टीकोण र लक्ष्य जनवादी र प्रगतिशिल हुनुपर्छ । सैद्धान्तीक रुपमा महानतम हुँदाहुँदै  पनि आफूलाई  समाजवादी, क्रान्तिकारी भनेर चिनाउनेहरुले आफ्नो आवेग र हठको वैज्ञानिक सार्थकता नभेट्टाउँदा उसका अनियन्त्रित कृयाकलापले अन्तत समाजवादी सिद्धान्तमा प्रश्न उठ्ने गर्दछ ।

विश्वललाई अब नौलौ सभ्यता दिने अभिभारा समाजवादको काँधमा आइपुगेको छ र यो भूमिकामा खरो उत्रिन सर्वप्रथम समाजवादले आफ्नो कार्यशैलीलाइ,सम्भव भए, नौलो स्वाद र अनुभूतिले  भरिपूर्ण बनाउन सक्नुपर्दछ । विश्वले नौलो अपेक्षाको कृयाशिलतालाई नौलो अनुभूति  सहित हेर्न चाहन्छ र यो वास्तविकतालाई  हरेक व्यावहारिक समाजवादीले बुझ्नुपर्छ । समाजवादीको हेराइ वैज्ञानिक र सच्चा हुनुपर्छ । वास्तवमा पूँजीवादका केहि अवयवहरु समाजवादका लागि प्रयोगमा आउन सक्छन् । केलाएर हेर्दा, समाजवाद र पूँजीवाद एकअर्काका परिपूरक र प्रतिस्पर्धात्मक राजनीतिमै पनि एकअर्काको अस्तित्व रक्षाकालागि सहयोगी सावित हुँदै आएका छन् । खराब कार्यका विरुद्ध खराबी देखाउने अर्को पक्ष नहुँदा गल्ती गर्ने पक्षले आफूलाई  आफ्नो इच्छा अनुरुपका कृयाकलापको महामहिम सम्झीन पुग्छ र उसले सोचविचार गरि जनहितलाई  ध्यानमा राखी हरेक कार्यलाइ कुशलतापूर्वक गर्नुपर्दछ भन्ने कुरालाइ महत्व दिँदैन । राजनितीमा प्राय घटिरहने यस्ता घटनाक्रममा सुधार र प्रगतीको प्राप्तीका लागि प्रतिस्पर्धि दल वा वादको आवस्यकता अनिवार्य छ र यहि दृष्टिकोणकै आधारमा पनी पूँजिवाद र समाजवाद एक अर्काका परिपूरक,सञ्चालक,पथप्रदर्शक आदी हुन् भन्ने तथ्यले वजन प्राप्त गर्दछ । वर्गसँघर्ष, क्रान्ती, परिवर्तन आदीलाइ समाजवादीले सर्वहारामा केन्द्रित आफ्नो मूल नारा बनाएपनी यो सम्पूर्ण रुपमा समाजवादीकै पेवा भने कदापि होइन ।

वैज्ञानीक समाजवादलाई  इतिहासकै घटनाक्रमदेखी मूल्यांकन गर्ने हो भने यसलाई  परिवर्तनशील  समाजवादको रुपमा बुझ्न सकिन्छ । शोषित,पीडित वर्गलाई कृयाशिल बनाई उनीहरुकै मेहेनतबाट समग्र सबलता हासिल गरि सम्मुन्नत समाज र राष्ट्र निर्माण हुनसक्छ र विपन्नताकै कारण विश्वमा अपराध र आतँकवाद हुर्कीरहेको सत्यलाई स्वीकार गर्दै यदि विपन्नतालाई  विपन्नसग हातेमालो गर्दै सँयूक्त प्रयासबाट सम्पन्नता वा सफलतामा बदल्न सकिएमा आतँकवाद स्वत: समाप्त हुने समाजवादको विश्वास हो ।

शान्त विश्व निर्माणका लागि शान्ति लागि अभियानका  नै शुरु गर्नैपर्छ भन्ने जरुरी  छैन, आशान्न्तिका  तत्वलाई शून्यमा झार्नुलाइ पनि प्रतिकृयात्मक रुपमा शान्ति बहाली नै मान्नुपर्छ भन्ने मान्यता समाजवादको रहेको छ । सबैभन्दा सफल हुनु मात्र सफलता होइन, असफलहरुको समूहमा आफूलाई पर्न नदिनु पनि  सफलता हो भन्ने कुरालाइ बिर्सनु  हुँदैन । तर कहिलेकाहीँ यही सामान्य कुरा पनि विद्वान मस्तिष्कमा जन्मिन बाट बञ्चित हुन पुग्छ । पूजीवादको तुलनामा समाजवाद प्रयोगात्मक सिद्धान्त हो । त्यसैले यसको अनुशासन, आचरण, विचार र गराई प्रखर हुन्छ । विश्व राजनीतिमा सिद्धान्त मिल्दा मिल्दै पनि ठुला ठुला पार्टीहरुमा फुट आउने कुरा सामान्य हो । अनुशासनको पालना गर्दै तर्क बितर्क सहित सतर्क रहन सक्नु सबैको जायज प्रक्रिया हो । नेपालमा पछिल्लोपटक भइरहेको राजनैतिक घटनाक्रमहरुले नेपालमा रहेका समाजवादी हरुलाई टाउको लुकाउन अल्लि धेरै अप्ठ्यारो पार्ने अवस्था बनाएको छ । तर पनि सबै मिलेर तथ्यपरक बिकल्प बाट अगाडि बढ्नुको विकल्प छैन ।

(शार्दूल स्वतन्त्र लेखक हुन् । उनी  विभिन्न समसामयिक विषयहरुमा सन्तुलित एवम् तथ्यपरक विचार प्रस्तुत गर्दछन् ।)

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु