Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कानून / अपराधथापालाई पुनर्बहाली गर्ने आदेशमा पुनरावलोकन माग्दै सर्वोच्चमा निवेदन

थापालाई पुनर्बहाली गर्ने आदेशमा पुनरावलोकन माग्दै सर्वोच्चमा निवेदन

२६ जेठ, काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्ने सर्वोच्चको निर्णय विरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको छ।

प्रदेशसभा सचिवालयका तर्फबाट सभामुख नेत्रनाथ अधिकारी र जनमोर्चा संसदीय दल गण्डकी प्रदेशका तर्फबाट नेता पियारी थापाले पुनरावलोकनको निवेदन दिनु भएको हो।

निवेदनमा पुनर्बहालीको अन्तिम आदेश नआउँदासम्म निस्क्रिय राख्न माग गरिएको छ । यस माथि सुनुवाइका लागि भोलि बिहीबार पेशी तोकिएको छ ।

पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेको भन्दै जनमोर्चाले थापालाई कारबाही गरेको थियो । त्यसविरुद्ध थापाले सर्वोच्च अदालतले रिट हालेपछि न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु