Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कानून / अपराधसर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा दियो कारण देखाउ आदेश

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा दियो कारण देखाउ आदेश

असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने

२६ जेठ, काठमाण्डौं : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा कारण देखाउ आदेश दिएको छ। बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो।

इजलासमा रहेका रिट निवेदकका वकिल गोविन्द बन्दीले दिएको जानकारी अनुसार इजलासले यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभाका बहुमत सदस्यले हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत ३० मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु