हरिणको छालासहित दुई जना पक्राउ

२२ असार, काँकरभिट्टा : प्रहरी चौकी पथरियाले हरिणको छालासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ का लुखिराम हस्दा र सुमन टुडु रहेको जिल्ला प्रहरी कार्यालय झपााले जनाएको छ । नजिकैको सामुदायिक वनमा हरिण मारेर खाएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार घटनामा संलग्न अन्य ६ जना फरार छन् । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।

घटना विवरण अनुसार सोमबार विहान ९ बजेतिर कचनकवल गाउँपालिका– ३ अभिमुक्तेश्वर सामुदायिक वनमा स्थानीय ४० वर्षीय हास्दा र २४ का टुडुसहत ८ जनाले हरिण मारेर छाला काडेर घरमा सुकाई रहेको भन्ने खवर प्राप्त हुन साथ मंगलबार साँझ ५ बजेतिर प्रहरी चौकी पथरियाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली पुगेर दुईजनालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले हरिणको छालासहित पक्राउ गरेको थियो ।

घटनामा संलग्न अन्य ६ जना फरार रहेका छन् । प्रहरी चौकी पथरियाबाट साढे ३ किलो मिटर उत्तरपर्ने बनमा उक्त घटना भएको र घटनामा संलग्न फरार ६ जनाको खोजतलास भईरहेको छ । झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले पक्राउ परेका दुवैजनालाई डिभिजन वन कार्यालयमा बुझाइएको बताउनुभयो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.