१ जेठ, मेचीनगर : शनिबार राति ९ बजेदेखि मेचीनगर नगरपालिकमा मतगणना कार्य अअवरुद्ध बनेको छ । निर्वाचन अधिकृतको कार्यालय मेचीनगर गैरजिम्मेवार बन्दा तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सामान्य विषयमा विवाद हुँदा मतगणना कार्य अवरुद्ध बनेको बताइएको छ ।
शनिवार दिउसो २ बजेबाट मेचीनगर वडानम्बर १ को कृष्ण निमावि तथा जनकल्यायण प्राथमिक विद्यालय मतदान स्थल अन्तर्गत क र ख को मतगणना कार्य प्रारम्भ गरिएको भएपनि राति ९ बजेबाट अवरुद्ध बनेको मतगणना पुनः सञ्चालनका लागि बिहान साढे १ बजेसम्म दल र निर्वाचन अधिकृतको कार्यालय मेचीनगरबीच छलफल भएपनि सञ्चालन हुन सकेन् ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फूयेँल र नेता मंग्रान्तीबीचको संवाद नेकपा माओवादी केन्द्रका एक नेताले सुनिरहेका थिए । नेता मंग्रान्ती बाहिरीएपछि १५ नम्बर वडाको मतगणना कार्य प्रारमभ हुन सकेन् । त्यस लगत्तै वडानम्बर १ को मतगणना कार्यमा नेकपा माओवादी केन्द्रकातर्फबाट सहभागि प्रतिनिधिहरुले वडानम्बर १ को मतगणना कार्य समेत रोक्न माग गदैं गणनास्थलबाट बाहिरिएपछि मतगणना कार्य अवरुद्ध बनेको थियो । यस विषयमा निर्वाचन अधिकृत वेदराज फूयेँलसँग सम्पर्क गर्दा दलहरुबीच सहमती हुन नसकेका कारण मतगणना अवरुद्ध बनेको बाहेक अरु केही बोल्न नमिल्ने बताउनुभयो ।
बिहान साढे १ बजेसम्म गणना कार्य सञ्चालन हुने नसकेपछि गणना गर्न बाँकी रहेका ३ सय मतपत्र अलपत्र झै रहे । मतगणना कार्य स्थगित गर्ने या पुनःसञ्चालन गर्ने भन्ने विषयमा निर्वाचन अधिकारी तथा दलका प्रतिनिधिहरुबीच ठोस निर्णयमा पुग्न नसक्दा निर्वाचन अधिकारी तथा दलका प्रतिनिधिहरुबीच सामान्य विवाद समेत भयो ।
गणनास्थलमा रहेका ३ सय मत नेकपा एमाले, नेपाली काँग्रेस मंगोल नेश्नल अर्गनाइसेजनलगायत दलका प्रतिनिधिहरुले रुगेर बसेका थिए । मतगणना अवरुद्ध हुनुको ठोस कारण बताउन नसकेको भन्दैं राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन अधिकृत वेदराज फूयेँलको राजीनामा मग गरेको छ । फूयेँललाई यहाँबाट फिर्ता बोलाएर अर्काे निर्वाचन अधिकृत पठाउन समेत पार्टीका मेचीनगर उपाध्यक्ष घनश्याम लामिछानेले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।