Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

मेयर साम्पाङविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • August 4, 2022
  • 8:52 PM
  • No Comments
भित्र कानून / अपराध, प्रदेश-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, सूचना / प्रविधि
0 0
A A
124
सेयर
1.5k
हेरिएको
Share on FacebookShare on Twitter
मेयर साम्पाङविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी

१९ साउन, धरान : नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्। बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन्। उनले भनिन्,‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ। तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि म बाध्य भएर उजुरी दिनुपरेको हो।’

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताइन्। धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन्। ‘मेरो स्वभाव पनि त्यस्तो होइन, मेरो चरित्र पनि त्यस्तो छैन। आजसम्म मैले त्यस्तो केही गरेको छु र?’ उनले भनिन्,‘जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ।‘

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आराेप छ। उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भएपनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताइन्। ‘बराहका बचतवकर्ताहरुले पैसा फिर्ता पाउनुपर्छ, बराहले इमान्दारिताका साथ फिर्ता गर्नुपर्छ,’उनले भनिन्।

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए। त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोडसमेत गरिदिएका थिए। उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मण्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए। यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो।

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताए। आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताए। पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ। मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु।’ उनले आफू सामाजिक सञ्जाल प्रयोग गरेर नै चुनाव जितेर मेयर बनेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफूलाई आक्रमण गर्नेलाई नछोड्ने बताए। ‘सामाजिक सञ्जाल प्रयोग गरेर नै म चुनाव जितेर आएँ, मलाई आक्रमण गर्नेलाई म छोड्छु त,’ उनले भने।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २० गते शुक्रबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In