Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

सन्दर्भ आठौं संविधान दिवस : ‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ ’

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • September 19, 2022
  • 6:20 AM
  • No Comments
भित्र कानून / अपराध, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता
192 2
A A
Share on FacebookShare on Twitter
सन्दर्भ आठौं संविधान दिवस : ‘नेपालको राष्ट्रिय एकता, स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ ’

आज असोज ३ गते । संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवस वा नेपाली जनताले ६५ वर्षदेखि पाल्दै आएको सपना पुरा भएको दिन । धेरैलाई लागिसकेको थियो नयाँ संविधान आउँदैन, नेताहरुले संविधान दिन सक्दैनन् । अब बिस्तारै मुलुक अराजकतामा फस्छ । त्यसपछि के हुन्छ, धेरैका आ—आफ्ना विश्लेषण थिए । राजावादीहरुको आशा थियो, दुई—दुईवटा संविधानसभा असफल भए, हाम्रा दिन कसो नफिर्लान् तर नेपालको संविधान—२०७२ घोाषणा भएरै छाड्यो । संविधान घोषणा भएपछि संविधानसभामार्फत संविधान जारी गर्ने कान्छो मुलुकका रुपमा नेपालले आफुलाई दर्ज गर्न सफल भयो । संविधानसभामार्फत संविधान निर्माण गर्ने फ्रान्स पहिलो मुलुक हो । यो संगै नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना पुरा भयो । संविधान २०६५ जेठ १५ गते देखि कार्यन्वयनमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल भयो ।

८ वर्ष संविधान निर्माणका लागि गरिएका विभिन्न प्रयासका माझबाट गुज्रियो । विभिन्न किसिमका राजनीतिक संकट र संक्रमणलाई छिचोल्दै मुलुकमा स्वर्णिम युगको कल्पनासहित नेपालको संविधान २०७२ जारी भएरै छाड्यो । २०६४ चैतमा भएको पहिलो संविधानसभाले तोकिएको दुईवर्षे कार्यकालमा संबिधान बनाउन सकेन् । थप दुईवर्ष पनि यो असफल भएर बिगठित भयो र ४ वर्षमा पनि संविधान दिन सकेन् । पुनः यो मुलुकमा २०७० साल मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भयो ।

दोस्रो संविधानसभाको निर्वाचन भईरहदा दलले आफ्नो घोषणा पत्रमा एक व्र्षभित्रमा सहमती नभए प्रकृयामा गएर भएपनि संविधान जारी गर्ने भन्दैं लेखे र नेपाली जनता सामु प्रतिवद्धता जनाउँदैं वाचा गरेर जसरी भएपनि २०७१ साल माघ ८ भित्र संविधान दिने आश्वसन दिए । तर चुनावमा जानु अघि दलहरुले एक बर्षभित्र संविधान बनाउने भन्दैं गरेको वाचा पुरा गरेनन् । परिणाम संविधान बिनाको माघ ८ आयो । जे होस ढिलै भएपनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दियो । २०७२ असोज ३ गते घोषणा भएको संविधान ३०८ धारा, ३५ भाग, ९ अनुसूचीमा विभक्त छ । संविधानले खासगरी नेपालको इतिहासमा गणतन्त्रसहित पहिलो पटक सात प्रदेश रहने संघीयताको स्पष्ट खाका कोरेको छ । मुलुकको मूल कानुन मानिएको संविधानले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहने व्यवस्थालाई आत्मसात् गरेको छ । मुलुकमा भएको दोस्रो जनआन्दोलनपछि अन्तरिम व्यवस्थापिका–संसद्ले २०६३ माघ १ गते अनुमोदन गरेको सो संविधानमा २५ भाग, १६७ धारा र चार अनुसूची रहेका थिए ।

६५ वर्षभन्दा लामो जनताको अथक संघर्ष, त्याग बलिदानको जगमा नयाँ संविधान जारी भएपछि केहि अपबाद बाहेक मुलुकभरि खुशीयाली छाएको छ । मुलुकको संविधान आफ्नै प्रतिनिधिको हातबाट लेखिने अवसरलाई सबैले एक जुगमा आउने एकदिन ठानेका छन् । सात दशक अघिदेखिको नेपाली जनताले आफ्ना लागि आफैँ संविधान बनाउने चाहनाले मूर्त रुप लिएको छ । आफ्नो संविधान आफै लेख्ने र जारी गर्ने नेपाली जनताको ६५ वर्ष पुरानो सपना र सात दशक लामो संवैधानिक यात्रामा नेपालको संविधान, २०७२ अग्रगामी संविधानका रुपमा जनतासमक्ष आएको छ । यो संविधान जारी भईरहदा मुलुकमा कतै कफ्र्यु लागेको थियो त कतै गोली चल्दै थियो । भनिन्छ् संविधान सबैले मान्नुपर्छ र सबैका लागि स्वीकार्य हुनुपर्छ । तर, संविधान निर्माण गर्दा शतप्रतिशत सहमति खोज्नु औपचारिकता पुरा गर्नु मात्र हो । यो कुरा व्यवहारमा कहिल्यै लागु हुदैंन् । नेपालमा यति धेरै राजनीतिक दल छन् सबै सँग सहमति खोज्नु असम्भव छ । दलहरुले नेपालको संविधान जारी गरेर जे गरे खासै उत्कृष्ट कार्य नहोला तर, जे गरेका छन् त्यसलाई बेठीक र नकरात्मक कोणबाट हेर्नु हुँदैन ।
संविधानको बिरोधमा आवाज पनि प्रश्स्त उठे । संविधान जारी नभईकनै कतै जलाउने त कतै च्यात्ने आवाज पनि सुनियो । संविधान जारी हुने दिन आन्दोलनरत मधेशी दलको आव्हानमा देशका विभिन्न जिल्लामा स्थानीयले आआफ्नो घरमा कालो झण्डा झुण्डियाएर संविधानको विरोध गरे । सनातन हिन्दु मोर्चाले संविधान जारी गर्ने असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय नै गर्यो । तर, पनि संविधान जारी भयो । यो संविधान जारी भएबाट नेपालको अन्तरिम संविधान २०६३ विस्थापित भएको छ । संविधान निर्माण प्रक्रियामा विभिन्न गत्यावरोध भइरहेको अवस्थामा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले नेपालका विभिन्न सिद्धान्त बोकेका र तीनतिर फर्केका राजनीतिक दललाई सहमतिमा ल्याउन ठूलो योगदान पु¥याएको महशुस समेत धेरैले गरे ।
जब संविधान जारी भयो तब मुलुकभर यसको खुशीयालीमा दीपालवी र स्वागत समारोह नै भए । राजधानीलगायत देशका विभिन्न भागमा खुल्ला सभाहरु नै भए । संविधान प्राप्तिको खुशीमा देशभर उल्लास व्यक्त भइरहँदा केही राजनीतिक शक्तिहरु यसको विपक्षमा उभिएका थिए । संविधानको खुशीयालीमा जताततै कार्यक्रम भईरहदा तीन दल मध्येको एकिकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले असन्तुष्ट मधेशी, थारु, जनजातिलगायत पक्षलाई नसमेटी संविधान आएकोमा नाचगान र दीपावली गरेर खुशी मनाउन आवश्यक नभएको भन्ने अभिव्यक्ति दिएपछि विभिन्न माध्यममा समाचार नै आए । संविधानको खुशीयालीमा देशभर दिपावली र विजयउत्सव मनाउन आग्रह गरीरहदा मधेश केन्द्रित नेताहरुले हिम्मत भए तात्कालिन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आ—आफ्नो निर्वाचन क्षेत्रमा गएर दीपावली गर्न चुनौती पनि दिए ।

नेपालमा नयाँ संविधान घोषणा भएपछि अमेरिका, फ्रान्स, जर्मनी र युरोपेली युनियन (ईयू) र नेपालको उत्तरी छिमेकी चीनले स्वागत गर्दै नेपाललाई बधाई दिईरहेका भएपनि नयाँ संविधानको घोषणाप्रति दक्षिणी छिमेकी भारतले असन्तुष्टी जनाईरहेको थियो । संविधान जारी हुन लागेको समयसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतका रुपमा नेपाल आएका सुब्रमण्यम जयशंकरले मधेशमा जारी हिँसा र आन्दोलनका बीच जारी हुन लागेको संविधानप्रति तीब्र असन्तुष्टि देखाएका थिए । संविधान रोक्ने भारतीय दबाब ठाडै अस्वीकार गरेर नेपाली राजनीतिक नेतृत्वले आफू दृढ बन्दै गएको र जनताप्रति उत्तरदायी बनेको सन्देश पनि दिए ।

दलहरुबीच जतिबेला १६ बुँदे समझदारी भयो त्यस लगत्तै भारतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकाका शेरबहादुर देउवालाई बोलाएर प्रदेशहरुको सीमाकंन र मधेसीको सहभागिताबिना संविधान जारी नगर्न सुझाएको चर्चा समेत व्यापक चलेको थियो । भारतीय नेतृत्वले बताएका कुरा कार्यन्वयन नभएका कारण पनि भारतले असन्तुष्ट व्यक्त गरेको अडकल गर्न थालिएको थियो । दल र माओवादीबीचको १२ बुँदे समझदारी अनुसार अघि बढेको शान्ति प्रक्रियाले पूर्णता पाउन लागेकोमा भारतको आलोचनात्मक स्वागत र समर्थन पनि हो की भन्ने अर्काे आशंका पनि गर्न थालिएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ‘यो संविधानलाई एउटा राजनीतिक सहमति र सम्झौताको साझा दस्ताबेज भएको र शतप्रतिशत पूर्ण, ‘परफेक्ट’ नहुन सक्छ, सबैको, सबै कुरा नपरेको हुन सक्छ समेत भनेका थिए । यसले पनि सबैका जायज मागलाई सम्बोधन गर्न सकिने संकेत देखाएको छ । छिमेकी मुलुक भारतमा संविधानसभाले संविधान पारित गरेपछि पनि संयौ पटक संशोधन भएको छ । जनप्रतिधिमार्फत् भविष्यमा संविधान संशोधन गर्न सकिने ठाउँ भए सबैका जायज माग समेट्न पनि सकिने प्रशस्त सम्भावना थियो । तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले मेलमिलाप र वार्ताबाट समाधान गर्न सकिन्छ असन्तुष्टी भने, एमाले अध्यक्ष केपी शर्माले सीमांकनमा असन्तुष्टी छन् हामी सुधार गर्न तयार छौ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेश आन्दोलनका तीन माग सम्बोधन भइसकेका छन् भनिरहदा आन्दोलनरत दल यसलाई विश्वास गर्ने पक्षमा थिएनन् ।

विश्वासको वातावरण बनाउन जरुरी देखिन्छ । ‘थप गर्नुपर्ने विषयहरुलाई लोकतान्त्रिक विधिबाट संविधानमा समावेश गर्न सकिने संवैधानिक आधार तयार भएका होलान् । जे होस सबै राजनीतिक दलले इमान्दारी साथ देश र जनताको हितका लागि संवाद र परामर्शबाट देखिएका मतभेद सम्बोधन गर्न सक्नुपर्छ । नेपालका नेताहरु विद्यमान समस्या समाधान गर्न आफै सक्षम हुनुपर्छ । नेपालको राष्ट्रिय एकता , स्थिरता र विकासको लक्ष्य पुरा गर्न यो संविधान सफल हुनुपर्छ । अन्त्यमा संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु ।

 

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

May 30, 2023
अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन
कोशी प्रदेश

इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन

May 29, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रेस चौतारी मेचीनगरको अध्यक्षमा हेमन्त निरौला

प्रेस चौतारी मेचीनगरको अध्यक्षमा हेमन्त निरौला

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In