Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा जोड : लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको प्रतिवद्धता र सार्वजनिक अपिल

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 4, 2022
  • 1:58 PM
  • No Comments
भित्र कानून / अपराध, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज
188 1
A A
Share on FacebookShare on Twitter
लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा जोड : लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको प्रतिवद्धता र सार्वजनिक अपिल

तस्वीर : बिनोद पाण्डे

१८ मंसिर, बिर्तामोड : ‘लैङ्गिक हिंसा : न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।
‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा नारा र कागजमा होइन व्यवहारमा अन्त्य हुनुपर्नेमा जोड दिए ।  जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट प्रहरी निरीक्षक यशोदा घले र झापा बार एसोसिएसनका तर्फबाट अधिवक्ता कविता बाँस्तोलाले लैङ्गिक हिंसाका तथ्यांकीय तथा कानूनी पक्ष बारेको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहभागी सरोकारवालाले सबै लिङ्ग र उमेर समूहका व्यक्तिलाई हिंसा, यौन उत्पीडन र शोषणका साथै अन्य सबै प्रकारका दुव्र्यहारबाट स्वतन्त्र भएर बाँच्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । समाजमा दिनप्रतिदिन बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवालाको प्रभावकारी भूमिकामा जोड दिइएको छ ।

तस्वीर : बिनोद पाण्डे

कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित नौ बुँदे सार्वजनिक अपिल जारी गरेका छन् । जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल, प्रदेश १ की पूर्व राज्यमन्त्री जसमाया गजमेर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिपसिंह कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक संजीव पौडेल, बाह्रदशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रत्ना राजवंशी लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि आफ्नो तहबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सरोकारावालाको सामुहिक नौ बुँदे अपिल पालना गर्न पनि आमनागरिकलाई आग्रह गरेका छन् ।
यस्तो छ नौ बुँदे अपिल
१) महिला, पुरुष र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक कसैलाई कुनै पनि प्रकारको
दुव्र्यवहार, हिंसा गर्दिन/गदैनौं । छोरा, छोरी र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक
कसैलाई विभेद गर्ने छैन/छैनौं ।
२) कुनै पनि प्रकारको दुव्र्यवहार, हिंसा सहेर कहिल्यै बस्दिन÷बस्दैनौं । लैङ्गिक हिंसाविरुद्ध सधैं आवाज उठाउने छु÷छौं ।
३) कहीं कतै हिंसा हुन लागेको र भइरहेको देखेमा तत्काल सम्बन्धित निकायमा खबर गर्नेछु÷गर्नेछौं ।
४) महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नेछौं । लिङ्ग, जात, धर्म, उमेर, भौगोलिक र जैविक बनावट जस्ता कुनै पनि आधारमा कसैलाई पनि विभेद गर्ने छैन ।
५) झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गर्न तथा सो को प्रभावकारी कार्यान्वयनका लागि
ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
६) लैङ्गिक हिंसा न्यूनीकरण र हिंसामा परेकाहरुलाई सहयोगका लागि झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न र सो को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
७) झापाका हरेक स्थानीय तहलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण नियमित गर्न र त्यसलाई सार्वजनिक गर्न तथा परीक्षणका क्रममा देखिएका समस्या–चुनौति तत्काल समाधानका लागि कार्ययोजना सहित अग्रसर हुन अपिल गर्दछौं ।
८) झापाका हरेक स्थानीय तहलाई मनोसामाजिक परामर्श केन्द्र स्थापना र सबै
सरकारी तथा निजी कार्यालय र सार्वजनिक स्थानमा स्तनपान कक्षको व्यवस्था गर्न जोडदार अपिल गर्दछौ ।
९) लैंङ्गिक हिंसा विरुद्ध सचेतना र कानुनी उपचार तथा सामाजिक न्यायका लागि
स्थानीय तहअन्तर्गत हरेक वडामा अभियान सञ्चालनको व्यवस्था गर्न अपिल
गर्दछौं ।

तस्वीर: बिनोद पाण्डे

प्रतिबद्धता तथा अपिलमा झापा बारकी उपाध्यक्ष कमला आचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष हरि गौतम, मानवअधिकार एलायन्सका अध्यक्ष रुद्र सिटौला, नियोग झापाका अध्यक्ष डा. रुपक खनाल,  मानवअधिकार तथा शान्ति समाजकी जिल्ला अध्यक्ष सुशिला रिजालले समेत हस्ताक्षर गरेका छन् ।
त्यस्तै सरोकारवालाकै तर्फबाट एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, शक्ति समूहकी अध्यक्ष मिरा भट्टराई, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, नेपाल उद्यमशील महिला संघकी पार्वता खरेल, छठ सेवा समितिकी उपाध्यक्ष संगीता रौनियार, नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष सुशिला संग्रौला, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।
त्यस्तै नेपाल महिला संघकी सचिव उर्मिला पोखरेल, महिला अधिकारकर्मी पुष्पा लिम्बू, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका तर्फबाट लिड नेपालकी संयोजक चञ्चला सुब्बा, नेपाल आदिवासी सन्थाल महिला उत्थान संघकी सचिव शर्मिला सोरेन, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, झापा नेत्रहिन संघकी अध्यक्ष यशोदा बराल, इन्सेक प्रतिनिधि नरेश खाती, आदिवासी महिला नेतृ द्रौपदी गणेश, मेची–महाकाली बुहारी आवाजकी अध्यक्ष सीता खड्का गणेश, बीरता लेडी जेसीजको तर्फबाट निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, संवाद समूहका तर्फबाट लीला शिवाकोटी, न्याय तथा विकासका लागि सामाजिक सञ्जालको तर्फबाट संयोजक कुमार चुडालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । कार्यक्रमको सञ्चालन संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् । चुडालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । यौनिक तथा लैंङ्गिक अल्पसंख्यकले भोगिरहेका विभेद र हिंसाबारे चञ्चला सुब्बाले सरोकारवालालाई ध्यानाकर्षण गराएकी थिइन् ।

तस्वीर : बिनोद पाण्डे
Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

हुप्सेकोटमा छोरी जन्मिए बैंक खातामा पाँच हजार

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In