Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

संसदका महासचिवको पत्रले सत्तारुढ दलका नेता आश्चर्यमा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 7, 2022
  • 7:11 PM
  • No Comments
भित्र कानून / अपराध, मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
संसदका महासचिवको पत्रले सत्तारुढ दलका नेता आश्चर्यमा

२१ मंसिर, काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोल्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमको पत्रप्रति सत्तारुढ दलका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

बुधबार संसद सचिवालयका महासचिव गौतमले राज्यका प्रमुख चार निकायलाई पत्र लेख्दै जबराविरुद्ध संसदमा विचाराधीन महाभियोग निष्प्रभावी भएको जानकारी दिएका थिए । सत्तारुढ नेताहरुले यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेका थिए । महाअभियोग पास गर्ने चाहिने दुई तिहाई बहुमत नजुट्ने भएपछि महाअभियोग सिफारिस समितिमा ढिलो गरी पठाइएको थियो भने समितिले बहुमतका आधारमा महाअभियोग लाग्ने सिफारिस गरेको थियो ।

तर उक्त सिफारिस अघिल्लो प्रतिनिधिसभाले टुंगो लगाउन सकेन । नयाँ संसदका लागि ४ मंसिरमा चुनाव भयो । प्रत्यक्ष र समानुपातिकको मत गणना सकिए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । यो सबै प्रक्रिया पूरा गरेर संसदको अधिवेशन आह्वान हुँदा जबराले अवकाश पाइसक्ने दलहरुको बुझाइ थियो ।

किनकी जबराले २७ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै थिए । तर बुधबार एकाएक संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र थमाएपछि सत्ता घटकमा तरंग ल्याइदिएको छ ।

यसबारे गठबन्धनले औपचारिक रुपमा बोलेको छैन । तर शीर्ष नेताहरुबीच टेलिफोनमा सम्वाद भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशव जोशी आफैं संसदका महासचिव गौतमलाई भेट्न पुगेका थिए ।

जबरालाई सर्वोच्च अदालतमा फर्काउने प्रयास अप्रत्यासित भएको भन्दै एक नेता भन्छन्, ‘संसदको महासचिवले यस्तो गर्नुहोला भन्ने कल्पना गर्ने कुरै भएन ।’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग जीवित रहेको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद सचिवालयका महासचिवले लेखेको पत्रलाई ‘अवैधानिक र गैरकानूनी’ भएको प्रतिक्रिया दिए । ‘एउटा संसदमा पेश गरेको प्रस्ताव त्यही कार्यअवधिमा सक्नुपर्छ भन्ने कुनै कानूनी र संवैधानिक व्यवस्था छैन,’ गुरुङले भने, ‘सभामुखले तोकआदेश लगाएर पठाएको विषयमा उहाँले यसरी निर्णय गर्न मिल्छ ?’

गठबन्धनका नेताहरुले जबरालाई सर्वोच्चमा फर्काउने प्रयास संसदको महासचिवको मात्र नभएको बताएका छन् । गौतमले भने जबराले निवेदन दिएको र त्यसको आधारमा आफूले पत्र लेखेको बताए । ‘सम्बन्धित व्यक्ति (जबरा) ले माग गरेपछि नयाँ निर्वाचन भइसकेको आधारमा मैले निर्णय गरेको हुँ,’ उनले भने ।

जबराविरुद्ध १ फागनु २०७८ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोग प्रस्तावमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादी का जीवनराम श्रेष्ठ प्रस्तावक थिए भने अरु समर्थक ।

फागुनमै महाअभियोग सिफारिस समिति पनि बनेको थियो, तर २२ साउनमा मात्र संसदले समितिमा पठायो । समितिले जबराको बयान लियो, तर संसदको कार्यकाल सकिन लागेकाले हतार हतार १ असोजमा प्रतिवेदन बुझाएको थियो ।

बहुमतका आधारमा जबरालाई महाअभियोग लगाउनुपर्ने निर्णय गरेको समितिले नयाँ संसदलाई थप थप अध्ययन गर्न समेत सुझाएको थियो ।

अनलाइनखबरबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल मंसिर २२ गते बिहीबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In