Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

नौँ महिनाको अवधिमा झापामा एकसयबढी मानवअधिकार उल्लंघनका घटना

गरिबीलाई अन्त्य गर्न सके यस्ता घटनामा कमि आउने सरोकारवालाहरुको भनाई

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 11, 2022
  • 3:30 AM
  • No Comments
भित्र कानून / अपराध, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter

२५ मंसिर, मेचीनगर : सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एकसयभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा छलफलका लागि तयार पारिएको प्रतिवेदनमा इन्सेकले अभिलेखीकरण गरेका १ सय ९५ वटा घटनामा १ सय ९९ जना पीडित भएको उल्लेख छ ।

मानवअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । राज्यका संयन्त्र अर्थात् प्रहरी–प्रशासन, स्थानीय तह, महिला तथा बालबालिका कार्यालयसम्म आएका मात्र नभई बाहिर आउन नसकेका घटनालाई समेत इन्सेकले अभिलेखको दायरमा ल्याएको छ ।

सन् २०२२ जनवरी १ देखि नोभेम्बर (अर्थात् ०७८ पौष १५ देखि ०७९ मंसिर १५ गते सम्म)को अवधिलाई हेर्ने हो भने, झापामा पत्रकारमाथि सामाचार लेखेकै कारण धम्कीका विषयले मानव अधिकार रक्षकमाथि सामाजिक सुरक्षाका विषयमा प्रश्नचिन्ह खडा भएको ,जातीय विभेद, महिला बालबालिकामाथि बलात्कार, बलात्कार प्रयास, दाइजो मागेको, मानव वेचविखन, घरेलु हिंसा, हत्या, हत्या प्रयास र वहु विवाह जस्ता घटनाहरु सन् २०२२ मा पनि निरन्तर भईरहेको अवस्थालाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला कारागार झापामा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण उनीहरूको आधारभूत अधिकारको सम्बोधन हुन नसकेको विषयमा राज्य गम्भीर हुन आवश्यक रहेको ठहर पनि इन्सेकले गरेको छ । स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अपाङ्ग,ज्येष्ठ नागरिकले सहज ढङ्गले मताधिकार प्रयोग गर्नमा समस्या भएको विषयलाई आगामी दिन राज्यले सम्बोधन गर्नु पर्ने सुझाँव इन्सेकको छ ।

छोराले आमाको र पतिले पत्नीको हत्या गर्नुले, अहिलेको समयमा पनि घरेलु हिंसा सहन बाध्य महिलाको अवस्थाले समाजमा उनीहरुको अवस्था चित्रण गरेको र यस अवधिमा जिल्लामा ४ वर्षीया बालिकादेखि ५२ वर्षीया महिलासम्म बलात्कारमा परेको प्रतिवेदनमा उल्लेख छ । महिला बालबालिकाहरु आफ्नै नजिकका छिमेकी, नातेदारहरुबाट बलात्कार जस्ता घटनामा पीडित भएको इन्सेकले अभिलेख गरेको छ । चिनजानका व्यक्तिहरुले रोजगारीको प्रलोभन देखाएर महिलाहरुलाई काँकरभिट्टाको नाकाबाट भारततर्फ वेचविखनको उद्देश्यले लगेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । यसले झापामा सामाजिक सुरक्षामा चुनौती खडा गरेको इन्सेक प्रतिनिधि खातीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

मानवअधिकार सञ्जाल झापाले गोमेन्द्र महाविद्यालयको सेमिनार हलमा आयोजना गरेको कार्यक्रममा मानवअधिकार कानुन विज्ञ कोषराज न्यौपानेले तयार पारेको स्थानीय न्यायिक समितिः भूमिका, उपलब्धि र चूनौतीहरु विषयक कार्यपत्र कानुन व्यवसायी अविक्ता कविता शर्माले प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिको महत्व, अधिकार, हद म्याद सम्बन्धि व्यवस्था,अधिकार क्षेत्रको प्रयोग न्याय सम्पादनको प्रक्रियाअन्तरिक संरक्षणात्मक आदेश सम्बन्धि व्यवस्था, न्यायिक समिति सम्बन्धि अन्य व्यवस्थाहरु, अन्य कानूनमा न्यायिक समितिलगायतका विषयवस्तु समेटेर तयार पारिएको कार्यपत्रमामाथि वरिष्ठ अधिवक्ता लीला उदासी र नेपाल वार एशोसिएशन इकाइ झापाका सचिव हेमकला कट्टेलले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमा केही कुरा समेट्न सुझाँव दिदैं समग्र कार्यपत्रमा उठाइएका विषयहरु समसामयिक रहेको उहाँहरुले बताउनुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले न्यायिक समितिले काम गर्ने क्रममा देखिएका चूनौती र आफ्नो अनुभव व्यक्त गर्नुभयो । उहाँ २०७४ सालमा भएको स्थानीय निर्वाचन पछि पहिलो पटक गठन भएका देशभरका न्यायिक समितिले हजारौँ मुद्घाहरुको सुनुवाई गरेको बताउनुभयो । स्थानीय न्यायिक समिति अदालत नभए पनि यसले धेरै दृष्टिकोणबाट महत्व रहेको उपप्रमुख उप्रेतीको भनाई थियो । न्यायिक समितिका चूनौतीहरुका बारेमा बोल्दैं न्याय सम्पादनका क्रममा अवलम्बन गर्नुपर्ने कानूनी प्रक्रियाका बारेमा पूर्ण जानकार नभएका कारण बेला बेला समस्या आउने उहाँको भनाई थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मानवअधिकारका घटना हुनुको मुख्यः कारण गरीवी रहेको स्पष्ट पार्नुभयो । अहिले देशकै ठूलो समस्याका रुपमा रहेको गरीवी आय, सामाजिक, मनोविज्ञान गरीवीमध्ये सवैभन्दा बढी आय गरीवीका कारण यस्ता घटना हुने विचार राख्नुभयो । गरीवीलाई निर्मुल गर्न सके यस्ता घटनामा कमि आउने प्रजिअ रिजालले दावी गर्नुभयो ।

उहाँले सवैले आ आफ्नोक्षेत्रबाट आ आफ्नो जिम्मेवारी वा भूमिका वहन गर्ने हो र गरीवीको अन्त्य गर्न सके मानवअधिकार उल्लंघनका घटना शुन्यमा झार्न नसकेपनि कम गर्न सकिने विचार राख्नुभयो । आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का हुनुहुन्थयो । महासचिव डाक्टर रुपक खनालले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई लक्ष्मीप्रसाद निरौलाले स्वागत गर्नुभएको थियो ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
यी हुन विश्वकपको सेमीफाइनल खेल्ने चार राष्ट्रहरु

यी हुन विश्वकपको सेमीफाइनल खेल्ने चार राष्ट्रहरु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In