अनलाइन बेट गर्नेहरुको बैंक खाता र डिजिटल वालेटबाट हुने कारोबार रोक्का गर्छौं: राष्ट्र बैंक

२७ मंसिर, काठमाडौँ : नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा संलग्न हुनेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंककाे भुक्तानी प्रणाली विभागले जुवा तथा बाजीजन्य कार्यहरु नेपालमा गैरकानूनी रहेकाले यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणलाई सूचिन गराएको छ ।

विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा संलग्न भएको पाइएमा कानूनी कारबाही गर्ने र निजहरूको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरू रोक्का गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसअन्तर्गत राष्ट्र बैंकले जुवा तथा बाजीजन्य गैरकानूनी कार्यहरूको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि इजाजतप्राप्त संस्थाहरूलाई​ निर्देशन दिएकाे छ ।

कसैले विद्युतीय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी पाएमा आफ्नो फोन नम्बर (०१-४४४३८७८) वा ईमेल ठेगाना ([email protected])मा जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.