१२ पुस , मेचीनगर : भूमिमा स्वामित्व नभएका कारण पनि मानव बेचबखिन हुने गरेको एउटा अध्ययनले देखाएको छ । गैरसरकारी संस्था शक्ति समूहको अध्ययन पश्चात सार्वजनिक अध्ययन प्रतिवेदनमा ८० प्रतिशत महिलाहरुको भूमिमा स्वमित्व नभएको उल्लेख छ । भूमिमा स्वमितव नहँुदा बैदेशिक रोजगार तथा अन्य आयमुलक कामको थालनीको लागि बैङ्कि सुविधामा पहुँच नहुँदा बेचबिखनमा पर्ने उक अध्ययनले देखाएको हो ।
मंगलबार झापाको मेचीनगरमा आयोजित अन्तरदेशिय मानव बेचबिखन प्रभावितहरुलाई कोभिड १९ ले पारेको प्रभावको सन्दर्भमा तयार पारिएको खोजमुलक अध्ययन प्रतिवेदन २०७९ सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा दिगो जिविकोपार्जनको विकल्प नहुनुलाई पनि बेचबिखनको कारण मानिएको छ ।
बेचबिखनबाट प्रभावितहरुसंग ४ वटा कार्यशालागोष्ठी, ८५ जना बेचबखिन प्रभावितहरुको घटनाहरुको विश्लेषणसँगै सरकारी सेवाप्रदायक निकायहरु, स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधी, सामाजिक संघसस्थाहरुका ७७ जनासँगको अन्तरवार्ताबाट यो तथ्याङ्क तयार पारिएको परियोजना व्यवस्थापक नर्वदा सोराली मगरले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । आप्रवास वा बसाइ सराईलाई अघि र पछि प्रभाव पार्ने तत्वहरु, बेचबिखनमा पर्नु भन्दा अघिको अवस्थालाई समेत अध्ययन प्रतिवेदनमा समेटिएको छ ।
अनुसन्धानका क्रममा उनीहरुलाई कोभिड १९ ले नेपालका दुई सीमावर्ती जिल्लाहरुमा बसोबास गर्ने समुदायको लागि मानव बेचबिखनका जोखिमको तत्वहरुले कसरी असर गरेको छ ? भन्ने लगायतका तीनवटा प्रश्न गरिएको थियो । बेचबिखनको उमेर समूहमा १८ देखि ३५ प्रतिशतका बढी छन् । ८३ दशमलव ५ प्रतिशत मानिस यो समूहका रहेका छन् । यसैगरी बाल विवाहका कारण ६२ दशमलव ४ प्रतिशत, कम उमेरमा आमा बनेकाको संख्या ४४ दशमलव ७ प्रतिशत, घरेलु हिंसाको शिकार ४४ दशमलव ७ प्रतिशत, नागरिकता विहिन तथा कृषि क्षेत्रमा असमान दैनिक ज्यालादारी ८८ दशमलव २ प्रतिशतलाई पनि बेचबिखनमा पर्नुभन्दा अघिको अवस्थामा राखिएको छ ।
प्रस्तुत अध्ययन प्रतिवेदनमा न्युन शिक्षाको कारण सुचनाहरुमा पहुँच नहुनु, बैदेशिक रोजगाकरको नाममा बेचबिखनमा परेर फर्केका ब्यक्तिहरुलाई पहिलाको ऋणको भार दबाब हुनु, लैङ्गिक असमानता महिलाहरुलाई परम्परागत मान्यता अनुसार जिम्मेवारी दिईनु, निर्णयको स्वतन्त्रताको अधिकार नहुनु, घरेलु शोषण तथा आर्थिक शोषण, आर्थिकरुपमा पुरुषमा भर पर्नु सामाजिक लाञ्छनालाई समेत बेचबखिनको कारणमा राखिएको छ ।
कोभिड १९ को समयमा परेका असर र प्रभावहरुमा घरेलु दुव्र्यव्यहारमा बृद्घिभएको समेत अध्ययन प्रतिवेदनमा उल्लेख छ । बैदेशिक रोजगारबाट फर्केपछि कोभिड १९ ले बिरामी पर्दा उपचार नपाएको, साथै आफ्न्त छरछिमेकीहरुबाट अपहेलित हुनु परेको, विद्यालयहरु बनद भएको कारण बालबालिकाको पढाई छुटेको र नाजुक आर्थिक स्थितीको कारण पुनः पढाई सूचारु हुन नसकेको र परिवारमा कमाउने व्यक्रिको काभिड १९ को कारण निधन हुँदा जिविकोपार्जनमा समस्या हुँदा बैदेशिक रोजगारीको अवसरहरु धेरै खोजिएको पनि कोभिड १९ को समयमा परेका असर र प्रभावहरुका रुपमा उल्लेख गरिएको छ ।
कोभिड १९ का समयमा बेचबिखन प्रभावित जस्को जग्गामा स्वमित्व छैन्, दैनिक गुजारामा अत्यन्तै कठिनाई परेको, कोभिड १९ को कारणले अवसरमा भएको हसको कारण मध्यस्कर्ताको जालमा फस्न सक्ने, महिला श्रमिकहरु धेरै भएको अनौपचारिक श्रमका क्षेत्रहरु जस्तै घरेलु काम, दैनिक ज्यालादारी तथा मनोरञ्जन क्षेत्रहरु बनद भएको कारण महिला श्रमिकहरु मारमा परेको, कोभिड १९ को कारण बैदेशिक रोजगारबाट फर्काएका कामदारहरुलाई पुन्m काम पाउन गाहे भएको तथा कोभिड १९ को कारणले ऋण लिएर घर चलाउनु परेको र मनोसामाजिक असर परेका कारण कोभिड १९ को समयमा प्रभाव परेको उल्लेख छ ।
शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले बेचबखिनमा परेका महिला तथा बालबालिकाहरुलाई उद्घार गरिए पनि समाजमा पुनःस्थापना गराउँदा समाजले उनीहरुलाई दृष्टिकोण फरक रहेको बताउनुभयो । विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले मानव बेचबखिनजस्तो आपराधिक कार्यलाई रोक्न स्थापना गरिएका संघ संस्थासँग जहिले पनि स्थानीय सरकार सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
मानब बेचबिखन विरुद्घमा अझ सशक्त ढंगबाट समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अबको आवश्यकता र अवसर रहेको बताईएको छ । मानव बेचबिखन नियन्त्रणकोलागि कानुन अनुसारको स्थानीय समितिहरु निर्माण गर्नुपर्ने,, मानब बेचबखिनको जोखिममा रहेका व्यक्ति र समुदाय पहिचान गर्नु पनि अबको आवश्यकता र अवसरहरु रहेको प्रतिवेदनमा उल्लेख छ ।