१४ पुस, मेचीनगर : पछिल्लो समय लागूऔषध प्रयोगकर्ता र कारोबारीकालागि ब्राउन सुगर निक्कै रोजाईमा पर्न थालेको छ । अन्य लागूऔषध इन्जेक्सन तथा ट्याप्लेटभन्दा ओसारपसार गर्न सजिलो हुने भएकाले उनीहरुको रोजाई ब्राउन सुगरमा परेको प्रहरी अधिकारीहरुको भनाई छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको अभिलेखले पनि यसलाई पुष्टि गर्दछ । कार्यालयले चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो साढे महिनाको अवधिमा पूर्वीनाकाबाट मात्रै १४५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर पक्राउ गरेको छ । यसमा संलग्न एक महिलासहित ३१ जनालाई प्रहरीले पक्राउ गररेको अभिलेख प्रहरीसँग सुरक्षित छ । चालु आर्थिक वर्ष २०७९÷०८० को असारमहिनादेखि हालसम्म प्रहरीले स्पास्मोप्रोक्सिभन ३४८ क्याप्सुलसहित ३० पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिपबर्षीय अभिलेख हेर्ने हो भने प्रत्येक वर्ष लागूऔषध इन्जेक्सन तथा ट्याप्लेटभन्दा ब्राउन सुगरको कारोवार बढिरहेको छ । ‘ एम्पुल फुटने वा बज्ने डर हुन्छ र ट्याप्लेट लुकाउन गाहे हुन्छ’ एक प्रहरी अनुसन्धान अधिकृतले भन्नुभयो—‘ब्राउन सुगर धूलो भएकाले शरिरका विभिन्न भागमा लुकाउँन सम्म मिल्छ त्यही भएर कारोवारी र प्रयोगकर्ता पछिल्लो समय ब्राउन सुगरको धन्दामा लागेका छन् ।’विभिन्न विमानस्थलमा समेत ब्राउनसुगर चेकजाँच गर्ने प्रविधि नभएका कारण पनि ओसारपसार गर्न सजिलो भएको उहाँको भनाई छ ।
‘हवाईजहाजमा ब्राउन सुगर लैजानु र अन्य खाद्यवस्तुका पीठो लैजानु उस्तै हो ’ उहाँले भन्नुभयो भन्नुभयो—‘परीक्षण गर्ने प्रविधि छैन् ।’ संघीय राजधानीबाट समेत हवाईजहाज चढेर यसमा संलग्न कारोवारी र प्रयोगकर्ता आउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विमानस्थलमा समेत लागूऔषध परिक्षण उपयुक्त प्रविधिको अभावले गर्दा कारोवारीहरुले विमानस्थल समेत प्रयोग गर्न थालेको एकजना प्रहरी अधिकृतको भनाई छ ।
गत आर्थिक वर्ष २०७७÷०७८ मा ५८१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर पक्राउ गरेको थियो भने, अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ४५२ ग्राम ब्राउन सुगर पक्राउ गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । अघिल्ला दुईवर्षको तुलनामा चालु आर्थिकवर्षको पहिलो साढे ६ महिना यतिभारीमात्रमा ब्राउन सुगर पक्राउले पनि यसलाई पुष्टि गर्ने प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो ।
पूर्वमा लागूऔषध प्रयोग र कारोवार गर्नेको संङ्ख्या दैनिक बढ्दै गएपछि काँकरभिट्टानाकामा यसको नियन्त्रणमा यतिखेर प्रहरीले नयाँ नयाँ रणनीति अप्नाउर्दै आएको प्रहरीले जनाएको छ । खुल्ला सीमा, सिमावर्ती भारतीय बजारमा लागूऔषध सहज र सुलभ मुल्यमा उपलब्ध हुनुले नै यो नाका यसमा संलग्नहरुले रोज्ने गरेको प्रहरीको भनाई छ । काँकरभिट्टानाकादेखि झण्डै २ किलोमिटर पूर्वको भारतीय बजार पानीट्याँकीमा त्यस्ता पदार्थ सजहै उपलब्ध हुने भएकाले लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएका प्रहरीले मेचीनगर—६ मेचीपुललाई चेकजाँचको प्रमुख थलो बनाएका छन् । चेकजाँचमा कडाई र प्रहरीको सक्रियता बढेसँगै यसमा संलग्नहरुले बैकल्पिक मार्ग रोज्न थालेका छन् ।
प्रहरीका अनुसार गाजाको कारोवार क्रमस घट्दै गएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा गाजाको कारोवार शुन्य थियो भने अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा १३ केजी ८४२ ग्राम ८८ मिलिग्राम गाजा प्रहरीले पक्राउ गरेको थियो । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो साढे महिनाको अवधिमा पूर्वीनाकाबाट गाजाको ओसारपसार शुन्य छ । लागूऔषधको प्रजाति गाजालाई अहिले धेरैलाई सामान्यरुपमा लिएका छन् । पछिल्लो समय गाजा साधुसन्त र कोहि कोहि पारखीलेमात्र सेवन गर्ने गरेका छन् । यसको धन्दा भने शुन्य झै भएको प्रहरीको भनाई छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा गाजाको कारोवार शुन्य थियो भने अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा १३ केजी ८४२ ग्राम ८८ मिलिग्राम गाजा प्रहरीले पक्राउ गरेको थियो ।
चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो साढे महिनाको अवधिमा इञ्जेक्सनका माध्यमबाट प्रयोग गरीने लुपिजेसिक, फेनारगन र डाईजेपाम पनि पछिल्लो समय क्रमस शुन्यमा झै छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा लुपिजेसिक १६३, फेनारगन १६४, र डाईजेपाम १६१ एम्पुल वरामद भएको थियो । २०७८÷०७९ मा ३९÷३९ एम्पुल बरामद भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो साढे महिनाको अवधिमा यसको कारोवार शुन्य छ । अघिल्लो आर्थिक वर्षमा शुन्य रहेको ट्याप्लेटको धन्दा पछिल्ला दुई आर्थिक वर्षमा फाट्टफुटट देखिएको छ । २०७८÷०७९ मा नाइट्रोजन ३८ वटा तथा स्पास्मोप्रोक्सिभन ३४८ क्याप्सुल बरामद गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा अफिम २ केजी पनि बरामद गरेको छ । लागूऔषधको कारोवारमा संलग्न ५७ पुरुष र ६ महिला, ६४ बालक, ४ पुरुष तथा ३० जना पुरुष र १ जना महिलालाई प्रहरीले तीनवर्षका अवधिमा पक्राउ गरेको छ ।
प्रहरीको आँखा छलेर भारतीय सीमावर्ती बजारबाट लागूऔषध ल्याउन सव्रिmय तस्करहरुले नाकामा प्रहरीले कडाई गरेकै कारण तस्करीका तरीका भने बेग्ला बेग्लै नयाँ नयाँ जुक्ति अप्नाउन थालेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोको भनाई छ । अहिले कारोवारीहरुले लागूऔषध भित्रियाउन गुप्तांगदेखि आफैले लगाएका कपडाहरुमा चोरगोजी बनाएर प्रयोग गर्छन् । मोटरसाईकल चालकले लगाएको हेल्मेटभित्र पनि लागूऔषध फेला पर्ने गरेको छ ।
जुत्ताको सोलदेखि लगाएको ज्याकेटमा भित्री गोजी बनाएरसम्म लागूऔषध ओसार्न गिरोह सव्रिmय रहेको तथा मोटरसाइकलको सिटमुनि लागूऔषध लुकाएरसम्म तस्करी हुने गरेको प्रहरीको भनाई छ । प्रहरीले शरिरका सबै अंग समेत जाच्न थालेपछि नाडी, पिँडुल लगायत शरिरका सबै भागमा टेपले बेरेर लागुऔषध तस्करी भएको फेला पर्ने गरेको छ । उत्तरमा झापा जिल्लाको सीमाना ईलामको जिर्मले देखि दक्षिणमा मोरगं जिल्ला सम्मको एकसय १८ दशमलव ४४ किलोमिटर खुल्ला बोडरको फाईदा उठाउर्दै कारोवार गरेपछि खुल्ला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउँको दुःखाईको बिषय बनेको छ ।
लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयासम्म जरिवना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैया जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यबस्था छ ।