Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा विभाजन गर्ने तयारी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • May 21, 2023
  • 6:50 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य, कानून / अपराध, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
हिमालयबाट खोसियो भूमिस्थ सेवा

७ जेठ, काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक निकाय र सेवा प्रदायक संस्थाका रूपमा विभाजन गर्ने दुई विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा टुक्रयाउने  गरी तयार पारेको विधेयकको मस्यौदा अध्ययन र स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले अहिले मुलुकको हवाई क्षेत्रलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनले नियमन गरिरहेको र छुट्टाछुट्टै ऐनमार्फत सेवा प्रदायक र नियमनकारी निकायका रूपमा नियमन गराउने विधेयक कानुन मन्त्रालयमा पुगेको जानकारी दिनुभयो।

“हाल उड्डयन क्षेत्रको सञ्चालन र नियमन एउटै निकायले गर्दै आएको छ,” उहाँले भन्नुभयो, “यही कारण देखाएर युरोपेली सङ्घ (इयु)ले नेपाली वायुसेवालाई कालोसूचीमा राख्दै आएकाले छुट्टाछुट्टै ऐन निर्माणका लागि विधेयक अध्ययन तथा स्वीकृतिका लागि कानुन मन्त्रालयमा पुगेको छ।”

उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक कानुन मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रीपरिषद् हुँदै संसद्मा लगिने जानकारी दिनुभयो।

२०७० मङ्सिर २० गतेदेखि नेपालका सम्पूर्ण वायुसेवाका विमान इयुअन्तर्गतका मुलुकमा उडान गर्न प्रतिबन्धित छन्। इयुले प्राधिकरणको वर्तमान संस्थागत संरचनालाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकायका रूपमा विभाजनलाई अनिवार्य सर्त मान्दै आएको छ। इयुको मुख्य चासो प्राधिकरण ऐन र यसले लिने संरचनागत परिवर्तनमा केन्द्रित रहँदै आएपछि एक दशकदेखि नेपालमाथिको प्रतिबन्ध हट्न सकेको छैन। इयुको मुख्य चासोबीच ती दुई विधेयक गत वर्ष संसद्मा दर्ता नभई फिर्ता भएका थिए। अहिले वायुसेवा कम्पनी, विमानचालक, एयर ट्राफिक कन्ट्रोलर र हवाई सेवासँग सम्बन्धित विभिन्न निकायलाई अनुमति दिने र विमानस्थल सञ्चालन, एयर ट्राफिक कन्ट्रोलरलगायतका सेवा दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ। छुट्टाछुट्टै ऐन बने देशभरका सबै विमानस्थलको निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनको काम सेवा प्रदायकतर्फ नेपाल हवाई सेवा प्राधिकरणले गर्ने छ।

त्यस्तै समग्र हवाई सेवाको नियमन, कम्पनी तथा वायुयान दर्ता, उडान अनुमति, हवाई दुर्घटना छानबिनलगायतका पक्षको नियमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत भदौमा प्राधिकरणलाई बुझाएको सेफ्टीसम्बन्धी अडिट प्रतिवेदनमा सेवा प्रदायक र नियामकको काम छुट्टाछुट्टै निकायबाट हुनुपर्ने विषय उठाएको थियो। सेवा दिने र नियमन पनि एउटै निकायले गर्दा प्रभावकारी काम नहुने भन्दै आइकाओले प्राधिकरण छुट्टिनुपर्ने विषय बारम्बार उठाउँदै आएको छ।

यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली सङ्घद्वारा नेपाली आकाशलाई कालोसूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा नेपालस्थित बेलायतका राजदूत निकोला पोलिटसँग छलफल भएको जनाउनुभएको छ।

गोरखापत्र अनलाइनबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु
कोशी प्रदेश

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

June 3, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन भारतीय शहरहरुमा हुने

नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन भारतीय शहरहरुमा हुने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In