२६ माघ, मेचीनगर : भारतबाट नेपालतर्फ ल्यादैंगर्दा विभिन्न ब्राण्डका १ सय ८४ बोत्तोल मदिरा शुक्रबार पक्राउ गरिएको छ । भारतको पानीट्याँकी नाका भएर नेपालतर्फ ल्याउदैं गर्दा चेकजाँच गर्ने क्रममा मेची भन्सार कार्यालयको यात्रु शाखाबाट उक्त परिमाणका मदिरा पक्राउ गरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सिटीसफारी चेकजाँचका क्रममा त्यसभित्र लुकाई छिपाई ल्याउँदैं गरेको अवस्थामा नेपाल, सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ती मदिरा नियन्त्रणमा लिइएको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाई छ । यसअघि पनि ५५ बोत्तोल मदिरा पक्राउ गरिएको थियो । त्यसपछिदेखि भारतीय मदिरामा सुरक्षाकर्मीले निक्कै निगरानी बढाएको थियो । ७५० एमएलका ती मदिरामा सवैभन्दा बढी थ्री एक्स तथा सिक्किमे रकम रहेको भन्सारले जनाएको छ ।
यात्रु शाखाबाट आवश्यक कारवाहीका लागि प्रतिवेदनसहित सवै मदिरा मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ । भन्सारले आवशयक प्रक्रिया शुरु गरेको र यसको परीक्षण शुरु गरेको, खान योग्य छ वा छैन् ? नेपालमा प्रतिवन्धित हो वा होईन ? यी सवै प्रक्रिया पुरा गरेर कारवाही गर्ने बताईएको छ । खान योग्य नभए वा नेपालमा विक्री वितरणमा प्रतिबन्ध लगाईएको भए खाल्डो खनेर नष्ट गरिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।