२० फागुन, मेचीनगर : झापाको मेचीनगर— ७ स्थित गैरीगाउँ भान्सा (खोला)मा शुक्रबार साँझ भएको घटनाको सत्यतथ्य कारण पत्ता लगायन सशस्त्र प्रहरी बल नेपालले आन्तरिक रुपमा छानवीन शुरु गरेको छ । सशस्त्र प्रहरीले टोली नै पठाएर घटनाको वास्तविक कारण पत्ता लगाउन आन्तरिक छानबीन शुरु गरेको एकजना प्रहरी अधिकृतले बताए ।
उक्त घटनाका विषयमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई टेलिफोनमार्फत ध्यानाकर्षण गराए लगत्तै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभाग प्रधान कार्यालय काठमाण्डौंले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय छानबीन टोली झापा पठाएको हो । टोली आइतबार झापा आईपुगेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर १ (यसै क्षेत्रबाट) संघीय संसदमा निर्वाचित सांसद् शर्माले झापाका कार्यावहाक प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेतको गम्भीर ध्यानाकर्षण गराउनु भएको शर्माको सचिवालयले जनाएको छ । शर्माले घटनाको निश्पक्ष छानबीनको माग समेत गर्नुभएको छ ।
सशस्त्र प्रहरी बले सीमा सुरक्षा विभाग प्रधान कार्यालय काठमाण्डौंले गठन गरेको छानबीन समितिमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे तथा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी पकली सुनसरीका कानुन शाखामा कार्यरत सशस्त्र नायव उपरीक्षक भुवन भण्डारी हुनुहुन्छ । टोलीले आइतबारबाट प्रारम्भिक काम शुरु गरेको समाचार स्रोतले जनाएको छ । टोलीका एकजना सदस्यका अनुसार घटनामा भनिए झै सामान पक्रन पुगेका सशसत्र प्रहरी बल नेपाल प्रस्तावित बोडर आउट पोस्ट बीओपी सतिघट्टाका प्रहरीहरुसँग घटना के भएर भयो ? कसरी भयो ? लगायत विभिन्न विषयमा पहिलो दिन टोलीले सोधपुछ गरेको छ । त्यसपछि घटनास्थल पुगेर जानेसम्म र बुझेसम्मका व्यक्तिहरुबाट समेत छानवीन समितिले घटनाका विषयमा सोधखिोजी गरेको छ । छानबीन समितिले आन्तरिक छानवीन पश्चात लिखित प्रतिवेदन सम्बन्धित कार्यालयमा बुझाउने छ ।
घटनाको सत्यतथ्य छानबीनका लागि चौतर्फी दवाव भईरहेको छ । यसअघि शनिबरदेखि नै मानवअधिकार सञ्जाल झापाले छानवीन शुरु गरेको प्रारम्भिक प्रतिवेदन तयार गरीसकेको जनाएको छ । दीपक दासको संयोजकत्वमा गठित नरेश खाती र विकाश कोइराला सदस्य रहेको अनुगमन टोलीले घटना भएको स्थानमा पुगेर घाइते तथाघटनालाई नजीकबाट हेरीरहेका स्थानीयसँग सोधपुछ गरेको सञ्जालका झापा अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका डाक्टर रुपक खनालले जानकारी दिनुभयो । सञ्जालको प्रारम्भिक प्रतिवेदनमा घटनामा घाइते भएका १८ वर्षीय मिलन चापागाई एसईई दिने विद्यार्थी हुनुहुन्छ । सञ्जालको प्रारम्भि प्रतिवेदन तयार भएको र सञ्जालले नेपाल सरकारको राष्ट्रिय मानअधिकार आयोगमा समेत घटनाका विषयमा जानकारी गराई सकेको र बुधबार झापाको एउटा कार्यक्रममा सहभागी हुन आउने आयोगका पदाधिकारीहरुले झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरुले घटनाका बारेमा सोधीखोजी गर्ने सञ्जालले जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी एकिकृत‐समाजवादी) निकट युवा संघ नेपाल झापा जिल्ला कमिटीले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउ–धनको रक्षाका नीम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अन्थाधुन्ध खुकुरी प्रहार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘अन्धाधुन्ध खुकुरी प्रहारले विधिको शासनप्रति नागरिकमा अबिश्वास पैदा हुनुको साथै डरत्रास र भयको वातावरण सृजना हुने खतरा रहेकाले उक्त घट्नाको अविलम्ब छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी माथि कारवाही गरी कानूनी राज्यको प्रत्याभूती पुनसर््थापित गर्न सम्पूर्ण सरोकारवाला निकाय समक्ष युवा संघ नेपाल झापा जिल्ला कमिटी जोडदार माग गर्दछ’, जिल्ला कमिटीका अध्यक्ष सुनिल थापा र सचिव प्रतिक राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । साथै घाइते बिरामीहरुको उपचारमा कुनै कमि हुन नदिन र उनीहरुले पाएको शारीरिक तथा मानसिक यातनाको उचित क्षतिपूर्ति दिलाइ न्याय गर्न पनि युवा संघले भनेको छ । शनिबार घटनाको विरोध गदैं घाइतेको उपचार तथा घटनाको सत्यतथ्य छानबीनको माग गदैं स्थानीयल स्वतः स्फूतरुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा गुल्म बिओपी काँकरभिट्टाका बिओपी पति सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठ , घाइतेका आफ्न्त, मेची सामुदायिक सेवाकेन्द्र मेचीनगरका अध्यक्ष मुक्तिनाथ पौडेललगात विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिबीच भएको छलफल सकरात्मक भएपछि प्रदर्शन रोकिएको थियो ।
झापाको मेचीनगर—७ स्थित गैरीगाउँ भान्सा ‐खोला)मा शुक्रबार साँझ खुद्रा व्यपारी र डिउटीमा रहेका सशस्त्र प्हरीबीच भउको विवाद चर्किएपछि घरेलु हतियार प्रयोग भएको थियो । घटनाले उग्ररुप लिएपछि स्थानीयतर्फ सशस्त्र प्रहरीका सवारी चालक सशस्त्र प्रहरी हवाल्दार दुर्गाचन्द्र बस्नेतले खुकरी चलाउँदा स्थानीय हरि, दिपा, दिपक विशेषलगयात ६ जना घाइते भएको स्थानीयको भनाई छ । उनीहरुको शरिरभरि चोट पटक लागेको छ । उपचार पशचात दीपक फर्किएपनि बाकीको विर्तामोडस्थित एउटा निजी अस्पतालमा उपचार भईरहेको छ । उता घाईते सशस्त्र प्रहरी हवाल्दार बस्नेतको हातभरि चोट लागेको छ । गम्भीर चोट लागेका उनको पनि उपचार भईरहेको र हातको नशा काटिएको बताइएको छ । पक्राउ गरेको अवैध सामान व्यपारीले खोस्न लागेपछि घटना भएको सशस्त्र प्रहरीको भनाई छ । तर, स्थानीयको भर्ना फरक छ । अन्दाजी १४ वर्षीय पुदन सरदारले भारततर्फबाट किराना सामान ल्याउँदैं गर्दा सशस्त्र प्रहरीका जवानले उनलाई पीठ्युमा कुटपिट गरेपछि घटनाले उग्र रुप लिएको बयान स्थानीयले मानअधिकारकर्मीहरुको टोलीलाई दिइएका छन् ।
हेर्नुहोस् सांसद शर्माको प्रेसनोट: