अख्तियारमा उजुरीका चाङ

 

३ जेठ, मेचीनगरः गत आर्थिक वर्ष २०७९/०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौं र आयोगका कार्यालयहरुमा २० हजार ९ सय ५ वटा उजुरीहरु दर्ता भएका छन् । आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन अनुसार आव २०७९/०८० मा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ७ हजार १ सय ६२गरी कुल २८ हजार ६७ उजुरीहरु दर्ता रहेका छन् भने यस अवधिमा कुल उजुरीहरुध्ये १८ हजार ७ सय ९९ अर्थात ६६ दशमलव ९८ प्रतिशत उजुरीहरु फस्र्याेट भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजनिक पद धारण गरेका व्यक्तिहरुद्वारा गर्ने भ्रष्टचारजन्य कसुरको अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडी बढाउन स्थापित एक संवैधानिक निकाय हो ।

उजुरी प्रवृत्तिको विषयमा जानकारी गराउने, भ्रष्टचार नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्ने गराउने, भ्रष्टचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका बारे जानकारी गराउनेलगायतका उद्धेश्यले झापाको मेचीनगर नगरपालिकामा मंगलबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय तहमा भ्रष्टचार नियन्त्रण एवम् सुशासन प्रवद्र्धन सम्बन्धी एकदिने कार्यक्रममा आयोजना गरेको थियो ।

यस कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ बाट जिम्मेवारी सरी आएको कुल ९ सय ७४ र आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका १ हजार ४ सय ३४ गरी कुल २ हजार ४ सय ८ वटा उजुरीहरु परेका थिए । कार्यालय सम्बन्धी तथ्याङ्क अनुसार उजुरीको क्षेत्रगत विवरण हेर्दा संघीय मामिला, शिक्षा, भूमिसुधार, वन, भौतिक र अन्य मन्त्रालय अन्तर्गतका रहेका छन् ।

कुल उजुरीमध्ये १ हजार ६ सय ६४ अर्थात ६९ दशमलव १३ प्रतिशत उजुरीहरु फस्र्याेट भएको कार्यालयका उपसचिव निरजकुमार देवले जानकारी दिनुभयो । उहाँले गरेको प्रस्तुतीकरणमा भ्रष्टचार सम्बन्धी उजुरीको प्रवृत्तिमा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी, सार्वजनिक खरीद र निर्माणसँग सम्बन्धित, उपभोक्ता समितिसँग सम्बन्धित, प्रशासनिक कार्य सम्बन्धि, तालिम र क्षमता विकास सम्बन्धी, नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धि, सार्वजनिक जग्गाको संरक्षण सम्बन्धि, शिक्षा, वन सम्बन्धी ,बिषय क्षेत्रगत सम्बन्धी, राजस्व चुहावट र अपचलन सम्बन्धी, सेवा प्रवाह सम्बन्धी, आर्थिक सहायत र राहत सम्बन्धी, एवम् स्रोत साधनको दुरुपयोग सम्बन्धी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख सह सचिव सुरशे न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विगत ५ वर्षको भ्रष्टचार अनुभूति सुचाङ्कमा नेपाल १ सय ८ औं स्थानमा रहेको बताईएको छ । विश्वका १ सय ८० वटा देशहरु सहभागीहरु हुने गरेका छन् । १ सय अंकमध्ये ४० वा सो भन्दा कम अंक ल्याउने देशमा भ्रष्टचारको अवस्था भएवय रहेको मानिन्छ । ५० अंक वा सो भन्दा माथि अंक ल्याउने मुलुकमा भ्रष्टचार नियन्त्रणमा रही सुशासन प्रवद्र्धन हुदैं गएको मानिन्छ । निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पति, स्रोत पद र अख्तियारको दुरुपयोग गर्नु भ्रष्टचार र सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टचार गर्नु अख्तियारको दुरुपयोग भन्ने बुझ्नुपर्ने कार्यालयका उपसचिव निरजकुमार देवले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख सहसचिव सुरेश न्यौपानेले भ्रष्टचारले सरकारी सम्पतिको हानी नोक्शानी गर्ने, नागरिकलाई आफ्नो अधिकारको प्रयोगबाट बञ्चित गराउने, समाज र देशको विकासमा बाधा पुर्याउने तथा समाजमा अपराध र कुसंस्कृति फैलाउने बताउनुभएको छ । उहाँले गुणस्तरीय जीवन, विविधको शासन र दिगो विकासका लागि पनि भ्रष्टचार नियन्त्रणको आवश्यकता औल्याउँनुभयो । आयोगलाई निश्चित प्रक्रिया र पद्धतिमा सञ्चालनका लागि कानूनी व्यवस्थाहरु रहेको कार्यालय प्रमुख सहसचिव न्यौपानेले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टचार विरुद्धको रणनीतिलगायतका बारेमा उहाँले जानकारी दिनुभयो । लिखित निवेदन, ईमले, वेवसाईड, हुलाक सेवा, टेलिफोन, समाचार पत्र , भाईवर, फेसबुक, एसएमएस, अन्य स्रोतबाट उजुरी गर्न सकिने छ । सवैभन्दा बढी लिखित उजुरी पर्ने गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा कुल उजुरीमध्ये ६ हजार ७ सय ५१ वा ३२ दशमलव २९ प्रतिशत लिखित उजुरी परेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.