रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। साेमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हाे। करणीपछि बम्जनले पीडितलाई डर, धाक, धम्की देखाउने गरेका थिए।

उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट पक्राउ परेका थिए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.