सशस्त्र प्रहरीले समायो ३७ लाख बढीका अवैध सामान, अवैध रुपमाहुने व्यापारलाई निरुत्साहित गदैं भन्सारको दायरामा ल्याउन सक्रिय

११ भदौं मेचीनगर : सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको कमाण्ड अहिले सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीको काँधमा छ । अवैधरुपमा हुने ओसारपसार, सीमा सुरक्षा, लागूऔषधको धन्दा, विभिन्न मुलुकबाट गैरकानूनीरुपमा नेपाल प्रवेश गर्न खोज्ने नागरिकलाई नियन्त्रण गर्नेमात्र होइन राज्यलाई हानी नोक्शानी पुर्याउने सवै गतिविधि रोक्नेदेखि बाढी पहिरो आग्लागीलगायत अन्य विपद्का घटनासम्ममा सशस्त्र प्रहरी उद्धारका लागि खटिनु पर्छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेती अहिले यी र यस्ता सवैखाले आपराधिक गतिविधि नियन्त्रणमा सक्रिय देखिनुहुन्छ । प्रचारमा भन्दा पनि काममा विश्वास गर्ने प्रहरी नायव उपरीक्षक उप्रेतीले गुल्मको कमाण्ड सम्हालेको मंगलबार ११ भदौमा एकमहिना पुरा भएको छ । यो अवधिमा उहाँले गरेका हरेक कामको परिणामले समेत पुष्टि गर्दछ । समाचार स्रोत भन्छ —‘उहाँले कमाण्ड सम्हालेयता अवैधरुपमा हुने ओसारपसार विस्तारै कम हुदैं गएको छ । सशस्त्र प्रहरीको नजरनै गैरकानूनीरुपमा हुने धन्दालाई निरुत्साहित गर्ने तर्फ केन्द्रित छ । ’

प्रहरी नायव उपरीक्षक उप्रेतीको आगमनको एकमहिनामा ३७ लाख रुपैयाँबढिका अवैध मालवस्तु पक्राउ गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाईएको छ । साउन ११ देखि २२ गतेसम्मको अवधिमा २७ लाख २६ हजार एक ६५ रुपैयाँ तथा भदौको यो अवधिसम्म दशलाख छ हजार ७० रुपैयाँ गरी एकमहिनाको अवधिमा कुल ३७ लाख ३२ हजार दुईसय ३५ रुपैयाँ प्रतिवेदन मुल्यका अवैध सामान पक्राउ गरी भन्सार बुझाईएको छ ।

प्रहरीका अनुसार किचन र्याक, लत्ताकपडा, भाडा वर्तन, सवारी, मोबायलका पार्टस, कस्मेटिक सामान, किराना सामान, स्याउ, अरियन्स सप्लिमेन्ट, चाइनिज नास्पाती, चौपाया, लाईटर, सिद्रा माछा,कपडा, लाइटर, खानेमाछालगायतका मालवस्तु बरामद गरेको हो । यी सामान मेचीनगरका वडा नम्बर ५,७ र ८ का मेचीपुल, बसपार्क, इटाभट्टा, जोरसिमल, गैरीगाउँ, तुर्केनी, सालघारी, पिंकी ठ्याक, दुर्गा मन्दिर, काली खोला संगीता ठ्याकलगायतका क्षेत्रबाट बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको हो । शंकाष्द क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती बाक्लो हुन थालेपछि यसमा संलग्नहरुले वैक्लपिक मार्ग रोज्न थालेकोसशस्त्र प्रहरीको दावी छ ।

चोरी बाटो हुदैं अवैधरुपमा भित्रियाउँदैं गरेका मालवस्तु पक्राउका लागि मात्र अहिले सशस्त्र प्रहरी सक्रिय मात्र छैन् हरेक व्यवसायीहरुलाई सरकारलाई राजस्व तिर्नुपर्छ, हरेक सामानको भन्सार महशुल तिरेर मात्र निकासी पैठारी गर्नुपर्छ भन्दैं सन्देश छदैं र चेतनामुलक ढंगले भन्सारको ढोकासम्म व्यवसायीलाई पुर्याउने काम गदैंछ । सीमानाकाबाट अवैध रुपमा हुने निकासी पैठारीलाई निरुत्साहित गर्न र चोरी बाटो हुने व्यपारलाई भन्सारको दायरामा ल्याएर राजस्व बुझाउन त्यसमा संलग्नहरुलाई प्रेरित गर्ने मुख्य काममा सशस्त्र प्रहरीको रहेकाले पछिल्लो समय अवैध व्यापार कम हुदैं गएको र मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा समेत टेवा पुग्नुका साथै बढोत्तरी भएको स्वयम् भन्सारका कर्मचारी बताउँछन् ।

मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव ०८०÷८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार गत आर्थिक वर्षको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो । मुख्यः कार्यालयमा मात्र नभएर सशस्त्र प्रहरीको सक्रियताकै कारण मेची भन्सार कार्यालय काँकरभिट्टाको यात्रु शाखामा समेत हरेक महिना राजस्व बढोत्तरी भएको स्वयम् भन्सारका कर्मचारीहरु बताउँछन् ।

उत्तरमा इलामको रोङ गाउँपालिकादेखि दक्षिणमा मोरङको सीमासम्म १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा मेचीनगरक्षेत्रमा मात्र २६ किमी खुला सीमा छ । यसैको फाइदा उठाएर कारोवारीहरुले धन्दा चलाइरहेको प्रहरीको भनाई छ । तर,प्रहरी सक्रियताका कारण यसमा संलग्नहरु राजस्व बुझाएर वैध व्यपारका लागि अहिले भन्सारसम्म पुग्ने गरेका छन् । बंगलादेशमा केही समयअघि भएको आन्दोलन कारण अवैधरुपमा बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न नपाउन भनेर पनि सशस्त्र प्रहरीले सीमानाकमा उच्च सर्तकता अप्नाएको छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.