मापसे र लापसे चेकिङ्ग मेशिन सहित राडर गन लिएर प्रहरी राजमार्गमा

२० असोज, मेचीनगर : बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीका एकजना उच्च अधिकारीका अनुसार हरेक वर्षका दशैँ तिहारको समयमा बढी सडक दुर्घटना हुने गरेको, चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्था, चाडपर्वमा सवारीको चाप अत्यधिक हुने भएकाले पनि समस्या बन्दै आएको छ ।

यसवर्षको चाडपर्वलाई दुघर्टनारहित बनाउने संकल्प बोकेको ट्राफिक प्रहरी अहिले ‘राडर गन’ सहित सडकमा उत्रिएको छ । अन्य समयको तुलनामा चाडपर्वका बखत सवारी दुर्घटना बढि हुने भएका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अहिले त्यसलाई कम गर्न सडकमा उत्रिएको हो । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेल अन्य प्रहरी अधिकृत र प्रहरी जवानसहित आफै सडकमा सक्रिय हुनुहुन्छ ।

पछिल्लो समय प्रहरीले सवारी दुघर्टनाको मुख्यः कारणहरुमध्ये तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निष्कर्श निकाल्दैं त्यसलाई नियन्त्रण गर्न झापामा सावारी साधानको गति मापनगर्ने यन्त्र (राडर गन) को प्रयोग गदैं सडकमा उत्रिएको ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा झापा जिल्लाभरि कुल पाँचसय ९३ वटा सवारी दुर्घटना भएका थिए । त्यसमध्ये दुई सय ४८ वटा दुर्घटना तीब्र गतिका कारण भएका थिए । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेल, ट्राफिक वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीलगायतको टोलीले शनिबारमात्र पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको मेचीनगर सडकखण्डमा सावारी साधानको गति मापनगर्ने यन्त्र (राडर गन) को प्रयोगले सवारीको गति मापन गरेको, यात्रुहरुलाई बढि भाडा लिए नलिएकको , सीट पाए नपाएको, क्षमताभन्दा बढी यात्रु भए नभएको, सवारी साधनका आवश्यक कागजात भए नभएको बारेमा चेकजाँच गरेको ट्राफिक प्रहरी नायव निरीक्षक गौतमले जानकारी दिनुभयो ।

यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पुर्व–पश्चिम राजमार्ग र ग्रामीण सडकहरुमा अभियान केन्द्रित रहेको कार्यालयले जनाएको छ।

‘तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको छ’ कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले भन्नुभयो—‘ तीव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्ने छौ । ’ प्रहरीले पुर्व पश्चिम राजमार्गमा मात्र नभएर शहर बजारका मुख्य सडक तथा सहायक सडकमा राडर गन प्रयोग गरी तीव्र गतिमा कुदाइएको सवारी साधनलाई कारबाही गर्ने जनाएको छ । विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा राडर गनको प्रयोग गर्ने र यो अभियानलाई निरन्तरता दिने ट्राफिक वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीको भनाई छ ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा २० प्रतिशतसम्म धेरै दुर्घटना हुने गरेको प्रहरीको अनुभव छ । प्रहरीका अनुसार चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारी साधनका चालकले पालो नपाउने हुँदा अरू सवारी साधनको प्रयोग गर्नुपर्दा दुर्घटना बढ्ने गरेको छ । चाडपर्वको समयमा मानिसको आवतजावत बढी हुने, तर सवारी साधनको प्राविधिक अवस्था, पर्याप्त संख्या, सवारी चालकको दक्षता र सडकको गुणस्तरमा सरोकार पक्ष र नियमनकारी निकाय खासै चनाखो नदेखिनाले सर्वसाधारण यस्ता दुःखद घटनाको सामना गर्न बाध्य छन् भन्दा फरक नपर्ला ।

अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने र दशैँमा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको प्रहरीको अभिलेखले देखाउँछ । तर, दशैँका बेला तुलनात्मक रूपमा थोरै सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने धेरै हुने गरेको छ ।

यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजाँच गर्न ब्रेथलाइजर मेसिनबाट र त्यसपछि लागूपदार्थको सेवन गरी सवारी चलाउँदा सवारी दुघर्टना बढेको भन्दैं लापसे चेकजाँचलाई तीब्र पारेको थियो । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भएपछि प्रहरीले पनि सयौंलाई कारबाही ग¥यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको थियो, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।

ड्रग यूरिन टेस्ट किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे–नगरेकोबारे जाँच गरिन्छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ । ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे–नगरेको थाहा हुन्छ । सरकारी अधिकारीहरूले चाडपर्वको बेला दुर्घटना न्यूनीकरणका लागि सरोकारका नियम कार्यान्वनयमा कडाइ र कदम चालिएको बताउने गरेको छ । न्यूनीकरणका पहल र प्रयास केवल चाडपर्व लक्षित हुन नहुने व्यवसायीहरुको भनाई छ ।

चालकले सवारी नियम नमान्ने, जथाभावी ढोका खुल्ला राख्ने, ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने, लामो समय एउटै व्यक्तिले गाडी चलाएर चालक निदाउने समस्या, मादक पदार्थ सेवन गर्ने र मोबाइल चलाउँदा सवारीको यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्तीका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले बताउनुभयो ।

कति दुघर्टना यात्रुको गल्तीका कारणले पनि हुन्छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा झापा जिल्लाभरि भएका कुल पाँचसय ९३ वटा सवारी दुर्घटनामध्ये ८९ वटा दुघर्टना यात्रुका कारण भएका थिए । अहिले मुख्य शहरी क्षेत्रमा थोत्रा सवारी साधनलाई साना शहर र त्यहाँबाट पनि थोत्रा भएका सवारी साधन ग्रामीण क्षेत्रमा चलाउने गरिएको छ । कमजोर र धराप सडकमा थोत्रा सवारी साधनले पनि दुर्घटना बढने गरेको एउटा अध्ययनले देखाएको छ ।

प्रहरीको एउटा अनुसन्धानले सवारी चालकको आफ्नै लापारबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । प्रहरीको अभिलेखलाई आधारमान्दा कुल दुर्घटनाको झण्डै २५ देखि ३० प्रतिशत दुर्घटना चालकका कारणले हुने गरेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा झापा जिल्लाभरि भएका कुल पाँचसय ९३ वटा सवारी दुर्घटनामध्ये एकसय ७६ वटा दुघर्टना यात्रुका कारण भएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.