९ पुस, काँकरभिट्टाः नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा अमर सशस्त्र प्रहरी कर्मचारीहरुको शिलालेख निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापा भद्रपुरले झापाको मेचीनगर—६ काँकरभिट्टातर्फ मेची पुलतर्फ निर्माण गरेको अमर सशस्त्र प्रहरी कर्मचारीहरुको शिलालेखको बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर लामालगायतले संयुक्तरुपमा शिलालेखको अनावरण गर्नुभयो ।
२४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा विर अमर सशस्त्र प्रहरी , कर्मचारीहरुको योगदान स्मरण गदैं कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीहरुको योगदान चिरस्मरणिय रहेको हुँदा सो योगदानको कदर गदैं एवम् सम्मान स्वरुप तत्कालिन समयमा घटना भएका स्थलहरुमा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुको शिलालेख स्थापना गर्ने संगठनको नीति अनुसार झापाको मेचीनगरमा वीरगति प्राप्त गर्ने दुईजना अमर सशस्त्र प्रहरी कर्मचारीहरुको शिलालेख निर्माण गरिएको छ ।
जनयुद्धका बखत शहादात प्राप्त गरेका अमर शहिदहरु सशस्त्र प्रहरी हवाल्दार दिलीपकुमार मेहता र सशस्त्र प्रहरी हवाल्दार प्रेमबहादुर खडकाको स्मृतिमा काँकरभिट्टामा अमर सशस्त्र प्रहरी कर्मचारीहरुो शिलालेख निर्माण गरिएको हो ।
सशस्त्र प्रहरी हवाल्दार मेहताले २०६२ साल चैत ३ गते विहिबार र सशस्त्र प्रहरी हवाल्दार खडकाले २०६२ साल साउन ३१ झापाको काँकरभिट्टामा वीरगति प्राप्त गरेका थिए । जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण हेतु परिचालित रहँदा कर्तव्यपालनको सिलसिलामा निभिर्कताका साथ अदम्य साहस प्रदर्शन गर्ने बीर सपुत अमर शस्त्र प्रहरी कर्मचारीहरुको चिरशान्तिको कामनासहित शिलालेख निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।
सो अवसरमा सहभागीहरुले अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा सहभागी भएका सशस्त्र प्रहरी जनपथ प्रहरीका विभिन्न दर्जाका अधिकृत सकल दर्जाका राष्ट्र सेवक कर्मचारीहरु, जनप्रतिनिधिहरुसहित सर्वसाधारणहरुले अमर प्रहरीको स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । देशमा भएका विभिन्न आन्दोलनहरु, द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका सबैप्रति श्रद्धाञ्जली, अपांगता भएहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
नेकपा माओवादी विद्रोह फैलिएको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो । नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सघर्ष, सशस्त्र विद्रोह वा अन्य गतिविधि नियन्त्रण गर्नु, दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ ।
त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ । भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई संगठनबीच विवाद देखिएको थियो ।