३ असार, मेचीनगर : जिल्ला प्रहरी कार्यालय झापाले वितेको एक महिनामा विभिन्न कसुरका ५१ जना प्रतिबादीहरु लाई पक्राउ गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार ज्येष्ठ महिनामा बिभिन्न मुद्धा शीर्षकमा फरार रहि दोषी प्रमाणित भएका ४३ पुरुष ७ महिला र १ तेश्रो लिङ्गीगरी जम्मा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीकको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइए कार्यालयले बताएको छ । जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटी गएको र सो बाट कैद ३१ वर्ष ५ महिना २६ दिन तथा २ करोड ९९ लाख ७८ हजार ५ सय साठी) जरिवाना असुल उपर भएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी यूनिटहरुबाट खटिएको प्रहरी टोलीले उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२ असार १६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्धामा १० बर्ष कैद फैसला भई फरार रहेका झापा मेचीनगर नगरपालिका वडा नं.७ बस्ने बर्ष ३२ को प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८० फागुन २९ गतेको फैसलाले राजश्व चुहावट मुद्धामा १ बर्ष २ महिना १५ दिन कैद २ करोड ८४ लाख ५८ हजार ६ सय ५ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं.८ बस्ने बर्ष ३० को अमिर ल्वागुन बिश्वकर्मालगायतलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।