पूर्वीनाकामा कडाईपछि पशुपतिनगर नाका प्रयोग

२६ साउन, मेचीनगर : नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सशस्त्र र जनपद प्रहरीले अबैधरुपमा ल्याइने रक्सीमा कडा निगरानी गर्न थालेपछि पछिल्लो समय नाकानै परिवर्तन गरी यस्ता वस्तुको आयात हुन थालेको रहस्य खुलेको छ ।

पछिल्लो समय इलामको पशुपतिनगर नाका प्रयोग गरेर अबैध रूपमा मदिरा नेपाल भित्रियाउने गरेको पछिल्ला घटनाले यसलाई पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बुधबारेले मेची राजमार्ग सडकका अलग अलग खण्डमा सवारी साधन छड्के चेकजाँच गर्ने क्रममा शुक्रबार इलामबाट झापातर्फ अबैधरुपमा ल्याउदैँ गर्दा ‘सिक्किम गोल्ड मिलोन ब्रण्ड’’का करीब ६१ हजार छ सय रुपैयाँ मुल्य बराबरका १८० पिस १५ काटुन अबैध रक्सी बरामद गरे पछि यस्तो घटना सार्वजनिक भएको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका— ४ बर्ने स्थित मेची राजमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक [डीएसपी] खगेन्द्रबहादुर खड्काले बताए । इलाका प्रहरी कार्यालय बुधबारे झापाको प्रहरीले विभिन्न समयमा बरामद गरेको अबैध रक्सी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको छ । यसअघि पनि इलामबाट झापातर्फबाट आउने सवारी साधन चेकजाँचका क्रममा भारीमात्रामा यस्ता मदिरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीसँग अभिलेख छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले केही समयअघि भारीमात्रामा यस्ता मदिरा नियन्त्रणमा लिए लगत्तै पछिल्लो समय काँकरभिट्टा नाकामा यस्ता मदिरातर्फ प्रहरीले निक्कै कडाई गर्न थालेको छ ।

अबैध मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि पनि मेची राजमार्गका अलग अलग स्थानबाट प्रहरीले सवारीसाधन चेक जाँच गर्ने क्रममा सिक्किम गोल्डेन ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

फायल फोटो :

इलामको पशुपतिनगर, छब्बीसे, हिले र झापाको तिरीङ, बाहुनडाँगी लगायतको सीमा नाकाबाट अबैध रूपमा भित्रिने भारतीय ब्राण्डका रक्सीहरू झापाका विभिन्न बजारसहित भारतको विहारमा समेत पुग्ने समाचार स्रोतको दाबी छ । भारतको विहारमा रक्सी बेचबिखनमा प्रतिबन्ध लगाइएकाले नेपालको बाटो हुँदै त्यहाँ लैजाने गरिएको बताइन्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.