११ भदौ मेचीनगर : काँकरभिट्टा प्रहरीले विभिन्न समयमा चोरी भएका सर–सामाहरु फेला पारेकोछ । सोमबार साँझ ५ बजेतिर मेचीनगर नगरपालिका वडा नम्बर —६ को नियमित चेक प्वाइन्टमा रहेको प्रहरी टोलीले ती सामान फेला पारेको हो ।
घण्टी(सानो-ठुलो) ९८ वटा, कलस (सानो-ठुलो) ५७ वटा, दियो (सानो-ठुलो) पाँच सय तीन वटा, अमखोरा (सानो) दुई वटा, झ्याम्टा एउटा , पञ्चामृत चम्चा एउटा, चाबी जस्तो देखिने दियो एउटा, तामाको गाग्री एउटा, खडकुलो दुईवटा, शिवलिङ्गमा प्रयोग हुने पित्तलको जलहरी एउटा, रेञ्च चार वटा, पिलास एउटा, राबो एउटा र शिक्का पैसा (दुई को २१ थान, एकको २५ थान) पञ्चामृत चम्चा एउटा फेला पारेको प्रहरी जनाएको छ ।

प्रहरी टोलीले काँकरभिट्टाबाट भारतको पानीट्याङ्की तर्फ कवाडी जस्तो देखिने बोराहरु बोकी लैँजादै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा ती सामान फेला पारेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ती सामान मन्दिरबाट चोरी गरी ल्याएको हुन सक्ने अशंका प्रहरीको छ ।

भारत घर बताउँने ती व्यक्तिहरुहरुले बोकेको बोराहरु चेकजाँच गर्ने क्रममा मन्दिरका विभिन्न सामानहरु फेला पारी उक्त सामानहरु यस इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र उल्लेखित सामानहरु कुनै मन्दिरहरुबाट चोरी भएको हुन सक्ने भए सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गर्न तथा सम्बनिधत प्रहरी कार्यालयलाई आफ्नो क्षेत्र इलाकाहरुमा रहेका मठ मन्दिरबाट उक्त सामानहरु हराएको भए सम्बन्धित धनीलाई यस कार्यालयमा सम्पर्क राख्नहुन सादर अनुरोध गरेको छ ।




































