मोटरसाइकल दुर्घटनामा सहायक हवल्दार लिम्बुको मृत्यु

२० असोज मेचीनगर:  मोटरसाइकल दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापाका सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्युु भएको छ । सहायक हवल्दार लिम्बु सवार मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिाँदा सो दुर्घटना भएको थियो । मृतक सहायक हवल्दार लिम्बु जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए ।

प्राप्त समाचार अनुसार मोरङ केराबारी गाउँपालिका –२ घर भएका प्रहरी सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई हिजो साँझ ६.३० बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा मे १ च १९७८ न. को एम्बुलेन्सले ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ न. को एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोहि अस्पतालमा रहेको छ । ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ बस्ने बर्ष ४१ का बिष्णु प्रसाई, एम्बुलेन्स र मोटरसाइकल प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.