झापा मेचीनगरको मनकामना अस्पताल प्रालिलाई सवै सेवा बन्द गर्न मेचीनगरको पत्रचार

२३ कात्तिक, मेचीनगर : झापाको मेचीनगर–१३ चारआलीमा सञ्चालित मनकामना अस्पताल प्रालिलाई अस्पतालका सवै सेवा बन्द गर्न मेचीनगर नगरपालिकाले जानकारी गराएको छ । पटक पटक विभिन्न विवादमा फस्दैं आएको उक्त अस्पताल अबैध रुपमा सञ्चालन रहेको भन्दै समाचार बाहिरिएपछि नगरपालिकाले असोज २० गते च.न. १४८ अनुसार अस्पताललाई नियमाअनुसार सञ्चालन स्वीकृत सम्बन्धी आवश्यक कागजात सहित मेचीनगर नगरपालिकाको कार्यालयमा उपस्थित हुन परिपत्र गरेको थियो ।
अस्पताल सञ्चालकले परिपत्रको वेवास्ता गदैं हाल सम्म पनि मापदण्ड बमोजिम दर्ता प्रक्रियामा नआएको , कुनै पनि स्वास्थ्य संस्था नियमाअनुसार दर्ता नवीकरण नगरी सेवा सञ्चालन गर्नु गैरकानूनी भएको हुँदा सो प्रक्रिया पुरा नगरेसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न जानकारी गराईको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । कात्तिक ३० गते अस्पतालका नाममा पत्रचार गदैं नगरपालिकाले सेवा बन्द गर्न भनेको छ ।

अस्पताललाई गराईएको जानकारी पत्रको अवगार्थ मेचीनगर नगरपालिकाका नगर प्रमुख उपप्रमुख तथा बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा इलाका प्रहरी कार्यालय धुलावारी र मेचीनगर नगरपालिका १३ नम्बर वडा कार्यालयलाई दिइएको छ ।
अस्पतालका सञ्चालक डाक्टर दिलिपकुमार यादवले अस्पताल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता गरेका थिए । दर्ता गरेको एक वर्षपछि रिपोर्टसहित नविकरण गर्नुपर्ने नियम छ । त्यसमा पनि स्थानीय तहमा दर्ता तथा वार्षिक नविकरण समेत हुनुपर्ने आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ मा उल्लेख छ । तर, अस्पताल सञ्चालन मापदण्डलाई उल्लंघन गर्दै स्थानीय तह मेचीनगरको स्वास्थ्य शाखामा समेत दर्ता नगरी सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । समाचार स्रेतका अनुसार दर्तापछि पाँच वर्षयता नविकरण गर्न नआएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य सेवासँग सम्बन्धित अस्पताल दर्ता र नविकरण नै नगरी सञ्चालन गरेको पुष्टी भएमा दर्ता खारेजीसहित जरिवानासम्मको कारवाही हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
डाक्टर यादव चारआलीस्थित आशाबादी बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष र ऋण समितिका सदस्य पनि हुन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.