झापा जिल्ला अदालतमा एकहजारभन्दाबढी सम्बन्ध विच्छेदका मुद्धा

१३ मंसिर, मेचीनगर :  झापा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८१—८२ मा दर्ता भएका पारिवारिक विवादको मुद्धामा सवैभन्दाबढी सम्बन्ध विच्छेदका रहेका छन् । एकवर्षको अवधिमा अदालतमा दर्ता भएका त्यस समूहको कुल मुद्धामध्ये आधाभन्दाबढी सम्बन्ध विच्छेदका रहेको सूचना अधिकारी शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार पारिवारिक मुद्धाका तीन हजार दुईसय ७२ मुद्धामध्ये एकहजार सातसय ५७ सम्बन्ध विच्छेदको लगत रहेको छ । ती मध्ये एकहजार तीनसय एउटा फछयौंट भई चारसय ५६ वटा चालु आवमा सरी आएको बताइएको छ । त्यस अवधिमा दर्ता भएका पारिवारिक विवाद मुद्धा समूहका दुईहजार एकसय ३९ वटा किनारा लागेका छन् भने बाकी एकहजार एकसय ३३ वटा कारवाहीकै चरणमा छन् ।

नयाँ मुलुकी सहिंता जारी भएसँगै पछिल्लो समय झापा जिल्ला अदालतमा मुद्धा दर्ताको चाप बढेको छ । अदालतमा मुद्धाको चाप बढेसँगै सम्बन्ध विच्छेदका मुद्धासमेत बढि रहेका छन् । सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन् । तर नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्धा दिने गरेका छन् ।

नयाँ मुलुकी सहिंता जारी भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बस्नेतको भनाई छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि भएको हुन सक्ने बताइएको छ ।

मुलुकी देवानी संहिता लागू भएपछि महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदको लागि पुरुषहरुले समेत मुद्धा दर्ता गराएका छन् ।

पुरुषलाई पनि सम्बन्ध विच्छेदको कानुनी अधिकार भएपछि सम्बन्ध विच्छेदका मुद्धाहरु बढेको कानून व्यवसायी अधिवक्ता नारायण चौलागाईँले बताउनुभयो । २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको छ । जसका कारण अहिले जिल्ला अदालमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । यसअघि पुरुषलाई भएको अधिकार झन्झटिलो भएका कारण पनि पुरुषहरु समस्या हुँदाहुदै पनि मुद्धा दर्ता गर्न पाउने व्यवस्था थिएन ।

२०७५ साल भदौं १ गते देखि कार्यान्वयनमा आएका मुलुकी देवानी संहिता , २०७४, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसूर ‐सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ ले मुलुकको समग्र कानून प्रणालीमा आधारभूत परिवर्तन ल्याएका छन् ।

बिशेष गरी सम्बन्ध विच्छेदका मुद्धा बढ्नुमा दुबैपक्षको बुझाइमा कमी, वैदेशिक रोजगारी, श्रीमान श्रीमती बीच अनुशासनको कमी जस्ता मुख्य कारणहरु देखिएको कानून व्यवसायीहरु बताउँछन् । सम्बन्ध विच्छेदमा कम उमेरमा बिवाह गर्नु, चेतनाको कमी हुनु, एकअर्काप्रति जिम्मेवार नहुनु, यौन सम्बन्ध पनि कारण रहेको कानूनविद्को भनाइ छ ।
सम्बन्ध विच्छेदको कारणमा वैदेशिक रोजगारलगायत अन्य थुप्रै कारणहरु छन् । तर, अदालतमा मुद्धा प्रवेश गर्दा खान लाउन नदिएको, घरबाट निकाला गरेको, श्रीमानले ३÷४ वर्षदेखि लगातर छाडेर बसेको वा अहित गरेको कारण देखाउने गरेको अवस्था छ । ’

बिगतमा कोरोनाले गर्दा जनजीवन प्रभावित भए पनि सम्बन्ध विच्छेदका मुद्धामा भने कमी आएको थिएन् । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्न आउने गरेका छन्। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ । महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन् । अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको अनुभव सुनाउनुहुन्छ एकजना कानून व्यवसायी अर्जुन बस्नेत ।

अधिकांश प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको उनको भनाई छ । ‘केटाले बाँड्ने ठूल्ठूला सपना पूरा नहुँदा समस्या बढी रहेको छ,’ अधिवक्ता अजय घिमिरेले भने, ‘युवा अवस्थामा केटाकेटी यर्थात भन्दा भावनामा बग्छन् ।’ जुन कुरापछि पूरा नहुँदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ । ‘लहलहैमा विवाह गर्ने संख्या बढ्दो छ,’ अधिवक्ता घिमिरेले भने,’कलिलो उमेरमा विवाह ग¥यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ । किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ । त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन् ।

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिवी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या हुने गरेको छ । घर परिवारमा शरीरिक तथा मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातीय प्रेम विवाह पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको छ । विवाहबाट जसरी पुरूष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रूपमा जोडिन्छ, त्यसै गरी सम्बन्ध विच्छेदबाट सोही श्रीमान, श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । समाजशास्त्रीहरूले ‘बदलिँदो परिस्थिति, विश्वव्यापीकरण, सामाजिक, पारिवारिक र सांस्कृतिक परिवर्तनसँगै सम्बन्ध विच्छेदमा पनि वृद्धि भएको बताउँछन्। पहिले–पहिले महिलाहरू पुरुषको भरमा आश्रित थिए । अहिले महिलाहरू हरेक दृष्टिकोणबाट आत्मनिर्भरतामा वृद्धि भएको छ। निर्णय गर्न सक्षम भएका छन् भन्ने उनीहरूको धारणा छ ।

स्पष्ट रूपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरूप त्याग्नु नै सम्बन्ध विच्छेद हो ।अर्को शब्दमा सम्बन्ध विच्छेद भनेको श्रीमान श्रीमती बिचको वैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानूनी आधार हो ।

अंशवण्डा दोस्रो स्थानमा एकवर्षमा एकहजार चारसय सातवटा त्यस प्रकृतिका मुद्धा दर्ता हुँदा सातसय ६२ वटा फछयौंट र बाकी छ सय ४५ वछा कानूनी प्रक्रियामा छन् । विवाह समबन्धीका ४३ मध्ये २४ वटा फछयौंट, अपुताली ५२ मध्ये ३९ र अन्य १३ वटा मुद्धा किनारा लागेको कार्यालयको अभिलेखले देखाएको छ । एकवर्षको अवधिमा दर्ता भएका सम्पति सम्बन्धीका कुल एकहजार तीनसय ५३ मध्ये सातसय ४२ वटा फछयौंट भई छ सय ११ वटा चालु आवमा सरी आएको छ । करार तथा अन्य दायित्व समूहका ६३ मध्ये ३६ वटा किनारा लागेका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.