१ ,साउन, इटहरी । प्रगतिशील लेखक संघ ( प्रलेस) सुनसरीले दुई स्रस्टालाई सम्मान गर्ने निर्णय गरेको छ।
यस वर्षको “प्रलेस सम्मान – २०७८” बाट वरिष्ठ साहित्यकार तथा अग्रज पत्रकार कृष्णविनोद लम्साललाई प्रदान गरिने भएको छ । उनलाई ११ हजार १ सय ११ को राशिले सम्मान गरिने छ।
यस्तै,” राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार – २०७८” कवयित्री विमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । उनलाई ५ हजार ५ सय ५५ राशिको पुरस्कार दिइने भएको हो । सम्मानित हुनेहरुमा इटहरीका कृष्णविनोद लम्साल लामो समयदेखि नेपाली साहित्यमा निरन्तर योगदान दिदै आएका छन् । उनका कविता, कथा र उपन्यास गरी ६ पुस्तक प्रकाशित भएका छन् भने इनरुवाकी विमला पोखरेलका २ कविता कृतिहरु प्रकाशित भएका छन् ।
प्रलेस सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार आगामी २०७८ साल भदौं ५ गते शनिवार इटहरीमा कार्यक्रमको आयोजना गरि सम्मान तथा पुरस्कार वितरण गरिनेछ । त्यसैगरी सोही कार्यक्रममा “पागलका कविता” सङ्ग्रहको समेत विमोचन गरिने प्रलेस सुनसरी अध्यक्ष रामप्रसाद खरेलले बताए ।