घोषणा पत्र(कविता)

सिएन गौतम,इटहरी ,सुनसरी

केही दिनको अविरल वर्षाले
अलिक तल 
थुप्रै चीज बगाइ ल्याएछ

बगाइ ल्याएछ
ससना बच्चाका कोक्रा
निप्पल भएका बोतलहरु
जुत्ता,चप्पल,सिसाकलम,कापी किताबहरु,
बार्बी डल,खेलौना ,साइकल र बर्थ डे गीफ्टहरु

बगाइ ल्याएछ
बुढाबुढीका वैशाखीहरु 
वृद्ध भत्ताका कागज पत्रहरु
भानुभक्त रामयणका पुस्तकहरु
पुराना फोटा एल्बम र नागरिकताहरु

बगाइ ल्याएछ
परदेशी माया मिसिएको चक्लेट,
मोबाइल र पर्फ्युमका बट्टाहरु,
केही थान फोटा फ्लेक्सहरु
मेनपावरका भिजीटिङ कार्डहरु,राहदानी
रेमिटान्सका राता पहेला बिलहरु
इपीएसका प्रवेश पत्र 
थुप्रै शैक्षिक योग्यताका प्रमाण पत्रहरु

र सँगसँगै बगाइ ल्याएछ 
थुप्रै पार्टीका झन्डा र घोषणा पत्रहरु
सबै घोषणा पत्रका
बुँदा नम्बर:२ मा यस्तो लेखिएको थियो
चाँडो भन्दा चाँडो तट्बन्धन निमार्ण गरि पक्की पुल बनाइने,सुकुम्बासी समस्याको हल गर्ने र दीर्घकालीन रोजगारी व्यवस्था मिलाइने छ

(सिएन गौतम इटहरी ,सुनसरी निवासी हुन् । उनले कविता र गैर आख्यानमा कलम चलाउदै आएका छन् ।)

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.