Monday, June 21, 2021
- बिज्ञापन -
गृह साहित्य / कलाआरोहण गुरुकुलमा तीन युवा कविद्वारा रचना प्रस्तुत

आरोहण गुरुकुलमा तीन युवा कविद्वारा रचना प्रस्तुत

विराटनगर ।  विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा  तीन कविले आफ्नो रचना प्रस्तुत गरेका छन् ।            शनिबार आयोजित विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीन युवाकविले आफ्नो रचना प्रस्तुत गरेका हुन् ।

साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शनिबार आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले ५–५ वटा कविता प्रस्तुत गरे ।

धीरजले ‘प्रेममा परेपछि’, काठमाडौं चित्र’, ‘आमाको बारेमा’, ‘राष्ट्रवादलाई संकट’ र ‘कसम’ कविता वाचन गरे ।

‘ओरालोमा खोज्दै जीवन’, ‘कोठा चाहिएको सूचना’, ‘आदिवासी सत्य’, ‘आयुको सीमारेखाबाट एउटा प्रश्न’, ‘रुमाल’ दीपाले वाचन गर्दा विनयले ‘काँडा’, ‘पर्खाइ’ र ‘तिम्रो तस्बिर’ लगायतका कविता प्रस्तुत गरे ।

त्यस्तै मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टालाई सम्मान पनि   गरेको छ । तीन दशकभन्दा लामो समयदेखि सक्रिय कविराज पोखरेल र अग्रज कलाकार माया पौडेल ‘आशावादी’लाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र संस्था संरक्षक कवि एवं मीनकुमार नवोदितले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । पोखरेललाई साहित्य र आशावादीलाई कला क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु