असार १५

शंकर भट्टराई

अस्ति असार १५ मा हिलोले पोतियेको वस्त्र फ्याकिसकेछ उसले,

तस्बिर ज्युदो छ, बेला बेला पोस्ट्याउन कृषि क्रान्ति को अभियन्ता जो हो ।

रोपाइँ धान को मात्र हुन्छ असारमा पानी पर्दा हिलोमा रोपिन्छ मात्र जान्दछ उ ।

कुलो, खाद्य, बिउ, ब्याड, बाउसे, आली, पाटा, हली, रोपाहार के वा को हुन ?

सोध्ने फुर्सद भयो कि भएन उसलाई ?

माहिला दाइको छेउमा त उ देखिएन

कयौं असारे गन्ध आउँछ दाइको इस्ट्कोट बाट माइली भाउजु गनगनाउन थाल्लिन

मल र बिउ पाइन भनेर खुसुक्क आयो लुसुक्क गयो ।

अर्को असार १४ सम्मको निम्ति तस्बिर साक्षी छ महान कृषि अभियन्ताको ।

अब उ उर्लेको कुर्लेको देखिन्छ लिखित भाषणमा मल, बिउ , कुटो, कोदालो नाम्लो डोको होइन

अत्याधुनिक कृषि मशिनको ओइरो नै लगाइदिन्छ ।

सिचाइका बडेमानका योजनाहरु ल्यायेर उत्पादनको परिमाण चुल्याइदिन्छ ।

२१ औ शताब्दीको म निर्दो किसान उसैले बोलाएको भिड्मा पुगेर फेरि पनि ताली बजाउँछु ।

अमुल्य भोट खसाउँछु ।

प्रतिक्रियाहरु 1

  1. Shankar Bhattarai says:

    मानो रोपेर मुरी उमार्ने दिन किसान को पर्व मात्र fb को wall मा माsत्र पोस्ट्याउने दिवस नबनोस ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.