कुरा “ती” दिनहरूको हो

कुरा “ती” दिनहरूको हो
जो “यी” दिनहरू सम्म रोमान्चित बनाइदिन्छ !
अचानक एउटा अनुहार,
एउटा नाम,
एउटा झझल्कोले
मदहोस बनाउन थाल्यो !
नभेटुन्जेल हेर्न मन लाग्ने
देखे पछि आँखा लजाउने,
कयौं नाम कति कति अनुहार
तर अल्झिएका हातले त्यही नाम लेख्ने ,
मदहोस आँखाले त्यही अनुहार देख्ने !
भन्ने कुरा अनेकौ
शब्दले साथ नदिने !
एउटा स्पर्श भएको थियो अनजान अनजान
पवित्र अंगालोको भाव बुझाउने खाले
आँखा जुधेका थिए अनायासै
सबै सपना झलझली बनाउने,
सन्दर्भ अर्कै भए पनि
नाम उचारण सुनेको दिन त्यो तर्फबाट आफ्नो
मैले पनि नामले सम्बोधन गरेथे
बाहाना खोजी खोजी !
कुरा “ती” दिनहरुको हो
जो “यी” दिनहरु सम्म रोमान्चित बनाइ दिन्छ
छेउ पर्दा भुत्तुकौ हुने मन
देख्न नपाउदा हुरुक्कै हुने मन !
गफ गाफ त सबै सङ्गै नै गरिन्थ्यो
तर किन किन मैले मात्र सुनेको
“उस” ले मात्र बोलेको स्मरण रहने !
भिड छिचोलेर उसलाई खोज्न सक्ने चन्चले आँखा
उता पनि सपनी मा खोज्थेकि यो अनुहार ?
यही उत्सुकताले निन्द्रा नलाग्दा पनि
मज्जा आउने दिन !
समय बग्यो समझना बगेन,
बैँस बुडो भयो त्यो भावना त्यत्रै रह्यो,
ज्योति तलमाथि भए आँखाका
खोज्ने तत्परता त्यही रह्यो नजरको ,
त्यो नामको मदहोसी अझै
त्यो जंकाभेटको रोमाञ्च त्यस्तै,
कुरा “ती” दिनहरू को हो
जो “यी” दिनहरू सम्म रोमान्चित बनाइदिन्छ !
कुरा अझैछन् किन कि
यो कथा अर्कै हो……..
बितेका दिनहरुको भिन्नै गोरेटो थियो
उ अझै भिन्नै हिडिरहेको छ
सबै सम्मान बचाएर !
कुरा “ती” दिनहरु को हो
जो “यी” दिनहरु सम्म रोमान्चित बनाइदिन्छ !
नबोली भनेका कुराहरु र
बिना सर्त नसुनी स्वीकार गरेका
इसाराहरुको गुच्छो
आज पनि चल्दै होला त्यतै कतै
हिजो जस्तै सपनी सजाएर !
कुरा “ती” दिनहरूको हो
जो “यी” दिनहरू सम्म रोमान्चित बनाइदिन्छ !
लेख्न नसकिने
लेखेर नसकिने !!

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.