खोटाङद्वारा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका किरण सिवालाई

खोटाङ :नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका कवि किरण सिवाले प्राप्त गरेका छन्।

त्रिधार्मिकस्थल हलेसीमा आयोजित प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि चुमेको हो।

आयोजकसँग दर्ता भएका कवितामध्य छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइएको प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको कविता ‘बाध्यता कि रहर’ दोस्रो, उदयपुरका जीवन चाम्लिङ राईको ‘भरिया दाइ’ तेस्रो, सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो तथा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविताले पाँचौँ स्थान हात पारेको छ।

कविता प्रतियोगिताका विजयीलाई क्रमशः नगद रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई, वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती लगायतले नगद तथा पुरस्कार प्रदान गरेका छन्।

यस्तै, खोटाङका ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’, प्यासीको ‘मेरो देश’, रमिला राईको ‘मिती गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’

छनोटमा परेका १६ कवितामध्ये १४ जनाले मात्र प्रत्यक्ष वाचनमा सहभागिता जनाएको निर्णायक मण्डलका संयोजक रामबिक्रम थापाले जानकारी दिएका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.