शंकर थापाको हिन्दी गीत ‘बहुरानी’ले तहल्का मच्चाउँदै

२० जेठ, काठमाडौँ : प्रसिद्ध सङ्गीतकार शंकर थापा ‘स्माइल’ को सङ्गीतमा रहेको हिन्दी भाषाको गीत ‘तस्बीर’ को भिडिओ रिलिज भएको केही समयपछि नै उनको सङ्गीतमा पुन: अर्को हिन्दी गीत ‘बहुरानी’ को भिडिओ सार्वजनिक भएको छ l शुक्रबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित एक समारोहमा सो भिडिओ सार्वजनिक गरिएको हो l सङ्गीतकार शंकर थापाकै सभापतित्व एवं गायिका चन्दा देवानको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा सभापति, प्रमुख अतिथि लगायत म्युजिक भिडिओ निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’, प्रसिद्ध कलाकार रिमा बिश्वकर्मा लगायतले संयुक्त रुपमा भिडिओको लोकार्पण गरेका थिए l समाजसेवी एवं गीतकार प्रमिला बस्नेतको रचना र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको यस गीतमा अनु चौधरीले स्वर दिएकी छिन् l

कसैकी छोरी विवाह भएर बुहारी बन्नासाथ उसको जीवनकथाले एकाएक कसरी नयाँ मोड लिन्छ भन्ने कुरा गीतमा उल्लेख गरिएको छ l विवाह पछि एउटी चेली नयाँ परिवेश, नयाँ घर, नौला मान्छे र नयाँ नयाँ नातामा कसरी बाँधिन्छे अनि तमाम जिम्मेवारीहरुलाई अहोरात्र खटेर उसले कसरी पूरा गर्छे भन्ने कुरा गीतले बोलेको छ l समग्रमा भिडिओमा एउटी असल बुहारीको महिमा बयान गरिएको छ l शब्द, सङ्गीत, सङ्गीत संयोजन, गायन र भिडिओको मूल्याङ्कन गर्दा कुनै ‘बिग ब्यानर’ को हिन्दी फिल्मको गीत झैं लाग्छ l नेपालमा यदाकदा हिन्दी म्युजिक भिडिओ प्रकाशित हुने गरेको भएपनि बलिउडलाई नै टक्कर दिने यो स्तरको भिडिओ भने यो नै पहिलो हो l लोकार्पण समारोहमा सबै वक्ता र उपस्थित अतिथिहरुले समेत भिडिओको खुलेर प्रशंसा गरेका थिए l

‘नेपालमा प्राय: सबैले हिन्दी भाषा बुझ्छन् l हामी हिन्दी गीत सुन्छौं र फिल्म पनि हेर्छौं l सधैं उपभोक्ता मात्र किन बनिरहने ? हामीले अन्तर्राष्ट्रिय भाषामा पनि आफ्ना सिर्जनाहरु किन नपस्किने ? भनेर नै हिन्दी गीत गरिएको हो’ सङ्गीतकार थापाले हिन्दी गीत गरिएको कारण स्पष्ट पारे l हर शैलीका गीतमा उत्तिकै मीठो, स्तरीय र भावपरक सङ्गीत सिर्जना गरेर फरक पहिचान स्थापित गर्न सफल सङ्गीतकार शंकर थापा ‘स्माइल’ ले पुन: आफूलाई भीडमा एक कदम अगाडि राख्न सफल भएका छन् l केही समय अघि रिलिज भएको हिन्दी गीत ‘तस्बीर’ र हालैको ‘बहुरानी’ मार्फत उनले आफूलाई असामान्य सर्जकको रुपमा पुष्टि गरेका छन् l

केशवराज भाटको सुन्दर कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा माणिक पाख्रिनको कला निर्देशन, बुद्ध थापाको छायाङ्कन र मिलन बिश्वकर्माको दृश्य तथा रङ्ग सम्पादन रहेको छ भने रिमा बिश्वकर्मा, अलिशा शर्मा, सृष्टि सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतीक्षा लिम्बू, दीपक भुजेल आदि कलाकारले मनमोहक नृत्य/अभिनय गरेका छन् l
स्रोत : म्युजुक डायरी

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.