आज असार २९ गते । अथवा २११ औँ आदिकवि भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको स्मरणमा आज २११ औँ जन्मजयन्ती देश तथा विदेशका दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवम् स्थानमा पनि मनाइन्छ । भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा पिता धनञ्जय र माता धर्मावतीदेवी आचार्यको एकमात्र पुत्ररत्नका रुपमा जन्मिएका आदिकवि भानुको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तले आफू बाचुञ्जेलसम्म नेपाली भाष साहित्यमा उल्लेखिय योगदान गरे । तात्कालिन श्री ५ बडामहराज धिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको इतिहास पनि छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् ।
भानुभक्त सानैदेखि विलक्षण प्रतिभाका धनी भानु नेपाली भाषाका कवि हुन ,जसलाई नेपाली भाषाका आदिकवि भनेर पनि चिनिन्छ । मोतीरामले आफ्नो कृति मार्फत भानुभक्त आचार्यलाई अत्याधिक सम्मान गरी ‘आदिकवि’ को उपाधि समेत प्रदान गरे । उनले प्रदान गरेको ‘आदिकवि’ को उपाधिलाई त्यस समयमा त्यति मान्यता नदिइएपनि त्यसको करीव ५० बर्ष पछि श्री ३ जुद्घ शमशेरले पुनः भानुभक्तलाई आदिकवि नै भन्नु भन्ने हुकुम दिएपछि भने भानुभक्त आदिकविको रुपमा स्थापित भएका हुन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
पिता धनञ्जय आचार्य सरकारी अड्डाका जागिरे भएका कारण उनले पितासँग नजिकिने त्यति समय पाएनन् । उनी रम्घा चूँदीको सम्पन्न र शिक्षित परिवारमा जन्मिएका थिए । बाजे श्रीकृष्ण आचार्य अत्यन्तै धार्मिक व्यक्ति र विद्वान समेत भएकाले वाल्यकालको शिक्षा उनले बाजेबाटै प्राप्त गरे पनि एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाई पनि छ । आफ्नो बाल्यकाल बाजेकै रेखदेख र सेरोफेरोमा विताएका भानुभक्त जता जाँदा पनि बाजेको चोर औला पव्रmेर हिड्ने गर्दथे । सानैदेखि चतुर स्वभावका उनले सानै उमेरमा बाजेबाट धेरै ज्ञान प्राप्त गरिसकेका थिए ।
बाजे श्रीकृष्णको धार्मिक भ्रमणमा साथ लागेर भानुभक्त उनीसँगै काशी पुगे । काशीमा रहँदाको समयमा उनले संस्कृत भाषाको अध्ययन गर्ने मौका पाए र छोटै समयमा उनी संस्कृतका ज्ञाता पनि भए । त्यस समयमा संस्कृत भाषाको बोलवाला थियो र नेपाली भाषालाई तुच्छ भाषाको रुपमा लिइन्थ्यो । भानुभक्त संस्कृत भाषाका ज्ञाता भएता पनि उनले नेपाली भाषालाई उच्च प्राथमिकतामा राखेका थिए । उनी सानैदेखि नेपाली भाषामा बोल्थे, नेपाली भाषामै कविता भन्थे र कवितामै नाच्थे पनि । भानुभक्तलाई लेखनमा अत्यन्तै रुचि थियो । जति लेख्दा पनि नअघाउने भानुभक्तले त्यस समयमा धेरै लेखे ।
त्यस समयमा भानुभक्तले लेखेका साहित्यहरु न त प्रकाशन हुन सके न त भानुभक्त जनमानसमा चिनिन नै सके । भानुभक्तले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन् । उनका पाण्डुलिपीलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा चिनिएका हुन । आदिकवि भानुभक्तको जीवन चरित्र विसं १९४८ मा प्रकाशित गरेर पहिलो पटक भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम मोतीराम भट्टले गरेको भनाई छ ।
त्यस पछिमात्र त्यस बेलाको नेपाल काठमाण्डौ उपत्यका र वरपर रामायणका श्लोक भानुभत्त गाईन थालियो । विसं १९८६ तिर सुर्यविव्रmम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरुले नेपाल बाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय नेपालीभाषी सवैक्षेत्रमा मान्यता पाएको भनाई पनि छ । भानुभक्तको देन पाएर नेपाली साहित्य समद्घृशाली भन्नेहरु राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।
उनका लेखहरुलाई मोतीराम भट्टले प्रकाशित गरेर जीवन्तता प्रदान गरे र भानुभक्तलाई समेत चर्चाको शिखरमा पु¥याए । नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालिन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक समेत हुन । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतिक रागीवन र मृत्यूका प्रतिक रामको राजमहलबाट बनवास यात्रा लोकहितका निम्ती जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श समेत प्रचार गर्ने प्रचारकको रुपमा आज भानुभक्तलाई नै चिन्ने गरीएको उनलाई नजीकबाट बुझ्नेहरु बताउँछन् । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधी ग्रन्ध रामायाणको नेपालीमा पुनजन्म गराउन भानुभक्त सफल समेत बने । यस्ता प्रतिभालाई सवैका सामु चीरपरिचत गराउन र चर्चामा ल्याउनका लागि मोतीरामले उनको जीवनी समेत लेखेर छापिदिए ।
३७ बर्षको उमेरमा सरकारी जागिर पाएको दुइवर्षमा नै उनलाई सरकारी रकमको दुरुपयोग गरेको भन्दै जागिरबाट हटाइयो र पाँच महिनाको कारावासका लागि कुमारी चोकको खोरमा समेत पठाइयो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’ तर यो खोरको जीवन उनका लागि वरदान सावित भयो । उनले पाँच महिनाको कैदमा रहदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धान र सुन्दरकाण्डको पद्म अनुवाद गरेर सके । त्यसवेला सम्म नेपाली भाषामा रामायण नभएकाले विभिन्न उत्सवहरुमा संस्कृत भाषाका श्लोकहरु पढिन्थ्यो । नेपाली भाषामा रामायण आएपछि सवैका घर घरमा भानुभक्तको रामायण राखिन थालियो । त्यसपछि नै समाजमा नारी पुरुष र सबै जातजातिले समान रुपमा पढ्ने अवसर पाए । भानुभक्तीय रामायण सरल र मौलिक नेपाली भाषामा रचना गरिएकाले यसले रात दुइगुणा र दिन चारगुणाले देश देशान्तरसम्म प्रसिद्घी कमाउन थाल्यो ।
आदिकवि भानुभक्त आचार्र्य नेपालमा मात्र नभइ संसारभरका नेपालीभाषीहरुको मानसपटलमा सम्मानित भएर बसेका छन् । उनी जन्मेकै दिन वा हरेकबर्षको असार २९ गते भारतको दार्जीलि· र सिक्किम राज्यहरुमा भानुजयन्तीलाई ठूलो पर्वको रुपमा मनाइन्छ र भानुभक्तको जय जयकारको नारा सहित उनको स्मरण गरिन्छ । वास्तवमा नेपाली साहित्यमा आदिकवि भानुभक्तका रचनाहरु अग्रणी रुपमा रहेका छन् । ‘अध्यात्म रामायण’ अनुवादित ग्रन्थ भएपनि भानुभक्तले यसलाई मौलिक रुप दिइ रोचक र सरल रुपमा प्रस्तुत गरे । भानुभक्त भन्दा अगाडिका कविहरुले नेपाली भाषा र साहित्यलाई यति सहज, सरल र मौलिक रुपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तीय रामायण नेपाली भाषा साहित्यको पहिलो महाकाव्य बन्न सफल भयो । तात्कालिन श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित राज्यलाई एकीकरण गरे भने भानुभक्तले सांस्कृतिक रुपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीक एकीकरण गरे । भानुभक्तले सृजना गरेको नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरुबीच भाषिक एकता कायम हुन सकेको हो । भानुभक्तले रामायणका बालकाण्ड र अरु काण्ड प्रश्नोत्तर १९१० , भत्ततमाला १९१०, बधूशिक्षा १९१९ लगायतका कृतिहरुको सिर्जना गरे । यस वाहेक उनले थुप्रै फूटकर कविताहरु रचना गरी नेपाली साहित्यलाई धनी बनाए । भानुभक्तका अन्य धेरै कृतिहरु भएता पनि एउटा रामायणले नै भानुभक्तलाई लोकप्रिय बनायो ।
नेपाली भाषा साहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदासर्वदाका लागि गाँसियो । जीवनको अन्तिम क्षणसम्म पनि नेपाली साहित्य उत्थानका लागि निरन्तर लेखनमा लागि परेका आदिकवि भानुभक्त आचार्यको सम्मान गर्न सक्यौं भने त्यो राष्ट्रको सम्मान हुनेछ र हामी सवै नेपाली जनताको पनि । नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन् कविशिरोमणि लेखनाथ पौड्यालको त्यसबेलाको घोषणा आज सम्म सार्थक छ । अन्त्यमा बहुभाषाभाषी बसोबास रहेको यो राज्यका आम नागरिकमा एक आपसमा सम्बन्ध सुत्र जोड्न आधार तयार गर्ने व्यक्ति भानुभक्तको योगदान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि उत्तिकै सान्दर्भिक पनि छ ।