सातपाखे रिसोर्टमा गुञ्जिए कालजयी गीत : शिवशंकर थापा र भरत लामालाई सम्मान

२३ कात्तिक, धुलावारी : साँझ पर्दै थियो । झापाको मेचीनगर—९ स्थित सातपाखे रिसोर्टका विभिन्न पाखामा बनेका साना र सुन्दर रंगीविरंगी कटेराहरुमा विस्तारै न्याना लुगामा ठाँटिएर आउनेको भीड् बढ्न थाल्यो ।

भीड्मा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कटेराभित्र प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विभिन्न प्रकारका अर्गयानिक खानेकुरादेखि विभिन्न ब्राण्डका भोटका, रम, हुस्की ,वियर र पियर कोदोको स्थानीय ब्राण्डको पेय पदार्थमा खुशीहुने ग्राहकले भरिभराउ देखिने सातपाखे रिसोर्ट बुधबार भने फरक र शान्त थियो ।

नेपाली सांगितीक क्षेत्रका चर्चित र मुर्धन्य संगीतकार र गीतकारदेखि पछिल्लो पुस्तामा आफुलाई सांगितीकक्षेत्रमा उभ्याउन सफल राष्ट्रिय कलाकार उत्तमजंग लिम्बु र कमल रसाईलीको प्रस्तुती हेर्न मात्र होइन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीलेहरुले पनि मेचीनगरवासीलाई बुधबार सातपाखे रिसोर्टमा तानेको थियो ।

सातपाखे सांगीतिक समूह मेचीनगरले रिसोर्ट परिसरमा आयोजना गरेको बौद्धिक श्रम तथा साँगितीक काव्य अभियानको पहिलो अध्याय २०८१ मा विशिष्ठ गीतकार शिवशंकर थापा, वरिष्ठ संगीतकार भरत लामादेखि अहिलेका नयाँ पुस्ताहरुको जमघटले पनि सातपाखे रिसोर्ट संगीतमय बनेको थियो । अनि सहभागी त्यही संगीतमा रमेका थिए ।‘ कला, जीवन बोध गराउने र समाजलाई उभ्याउने मानक मूल खाँबो हो ’ काव्य अभियानको पहिलो अध्याय २०८१ को मुल मन्त्र थियो । शायदः त्यही भएर पनि होला हल बेलैमा खचाखच थियो ।

कार्यक्रममा पुराना र निक्कै चर्चा बटुलिसकेका सर्जक र श्रष्टाका कालजयी गीतहरु गुञ्जिए । जस्ले सहभागीबाट भरपुर आनन्द लिए । साँझ संगसंगै क्रमस कात्तिकको चीसोको मौसम बढ्दै गएपनिरसिोर्टका कटेराहरुमा सहभागि कवि कलाकार, सायर,जनप्रतिनिधि सुरक्षा निकायका अधिकारी र संगीतप्रेमी दर्शकहरुलाई भने विभिन्न गीत संगीत,गजल,मुक्तक अनि कविताले न्यानो बनाउँदै लगेको अनुमान सोझै गर्न सकिन्थयो ।

कालजयी गीतको प्रस्तुती हेर्ने मेचीनगरबाट मात्र होइन बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, कन्काई नगरपालिकालगायत झापाका विभिन्न ठाउँबाट मात्र होइन छिमेकी जिल्ला इलामको रोङ्ग गाउँपालिकादेखि सूर्याेदय न गरपालिकाबाट बाट समेत मानिसहरु आएका थिए । न भाषण, न आसन ग्रहण । फरक शैलीमा संगीतका पारखी मञ्जिल देवान मानवले सञ्चालन गरेको कार्यक्रम सोझै गीत र संगीतमा प्रवेश मात्र गरेन् सार्थक एवम् कालजयी सांगितीक प्रस्तुती, कविता, गजल वाचन, गीतीभाव माथि प्रत्यक्ष चित्र सिर्जनासमेत प्रस्तुत भए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना गोपाल योञ्जनको संगीत र स्वर सम्राट स्वर्गीय नारायणगोपालको स्वरमा रहेको

‘सागर भरी छाती चिरी पहाडबाट आएँ

तीन तारे सारंगी लिई छिनभर गीत गाएँ

राजै छिनभर गीत गाएँ

लहरासँग मितेरी लाईमैले छन्द पाएँ

कानबाट हृदयमा आज गुण लाएँ

राजै आज गुण लाएँ

सागर भरी छाती चिरी’

बोलको गीतबाट वरिष्ठ संगीतकार भरत लामाले साँगितीक काव्य अभियानको पहिलो अध्याय २०८१ को श्री गणेश गर्नुभयो । कालजयी गीत सुन्न टाढा टाढादेखि जम्मा भएका दर्शक श्रोतालाई उहाँको यो प्रस्तुतीले स्तब्ध बनायो । प्रस्तुतीकै क्रममा यस्ता गीतहरु पछिल्लो समय हराउँदै गएकोमा चिन्ता व्यक्त गदैं

‘बल्ल बुझे चाल तेरो रहिछ तिरताले,

तलाई सपिङ्गं गरदिएको पैसा फिर्ताले

तलाई सम्पतिको स नभाको भिखारीले पाओस

मलाई जुत्ती हान्नेको खुट्टी तेरा मर्किएरै जाओस,

मलाई पीठ्यू देखाई हिड्ने तरा ढाड सर्कि जाओस

‘बल्ल बुझे चाल तेरो रहिछ तिरताले,

तेरो पैसा फिर्ता लैजा मेरो बैंश फिर्ताले’

गीतप्रति तीखो व्याङ्य प्रहार गदैं यस्ता गीतले दिने सन्देश के भनेर प्रश्न गर्नुभयो । त्यसपछि सहभागी सवैले गडगडावट तालीले स्वागत गरे । उहाँले आफ्नै शब्द र संगीतको घरि घरि माया ढुङ्गै पो हो कि भन्छु बोलको गीत समेत पस्किनुभयो ।

उहाँको यो प्रस्तुती लगत्तै स्टेज उक्लिनुभयो गायक सञ्जिव वराइली । वरिष्ठ संगीतकार भरत लामाको संगीत, रमेश क्षितीजको शब्द र राजेश पायल राईले गाएको

‘न माग मसँगसाहरा नमाग

भुईँमा छु आकाशको जुनतारा नमाग ’

बोलको गीत सञ्जिवले जस्ताको जस्तै गाउँदा दर्शकदिर्घबाट टाउको हल्लाउदैं गीतमा समर्थन भयो । आफैले संगीतबद्ध गरेको गीत नया पुस्ताका कलाकारले दुरुस्तै स्वर निकाल्दा हारमोनियममा बस्नुहुने संगीतकार लामा निक्कै खुशी देखिनुभएको अनुमान गर्न सकिन्थ्यो । वरिष्ठ संगीतकार शिवशंकरले केही गीतका अंश प्रस्तुत गरिरहदा र गीत संगीत र साहित्यको व्यख्या गर्दा सवै दर्शक मन्त्रमुग्ध थिए । भरत लामाकै ‘सुस्तरी दुख्यो भुलेको माया’बोलको गीतमा राष्ट्रिय कलाकार उत्तमजंग लिम्बुले स्वर दिनुभयो ।

किशोर श्रेष्ठको संगीत सुनिल पराजुलीको शब्दमा रहेको ‘आकशैमा चील उड्यो’ बोलको गीत सातपाखे ब्याण्डका कलाकार राजेश पराजुलीले प्रस्तुत गरिरहदाँ ‘वान्स मोर वान्स मोर’को आवाज नै गुञ्जियो । ‘चौतारीमा बस्न पाउँ,’ ‘गीताङ्गे दाई पहाडे गीत,’ ‘पोखिएर घामको झुल्का, ’वरिष्ठ गीतकार शिवशंकर थापाको ‘मेरो आखाँमा हर दिन, ’ ‘मायालुले सम्झे कि कसो’लगायतकापुराना र चर्चित गीतहरु गुञ्जिए । ती गीतमा राष्ट्रिय कलाकार कमल रसाईली, एलिना राई, िदक्षा रसाईलीलगयातले स्वर दिएका थिए ।

मिलनकुमार ढुङ्गानाको गजल, परशुराम तिम्सीना र जय आचार्यको कविताले प्रस्तुतीले समेत कार्यक्रमको रौनक थपेको थियो । सांगीतिक प्रस्तुतिसँगै देही आर्टका कलाकरहरुले लक्ष्मीप्रसाद देवकोटाको लेखन, गोपाल योन्जनको संगीत संयोजन र स्वर सम्राट नारायण गोपालको गायकीलाई चित्रमार्फत कलाकार क्षितेन शेर्पाले उतारेका थिए । सोहि अवसरमा सांङ्गीतिक आकाशका अद्भुत प्रतिभा भन्दैं वरिष्ठ संगीतकार तथा गीतकार थापा र लामाप्रति सम्मान व्यक्त गर्दै नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको अतुलनीय कार्यको उच्च मुल्याङ्कन गर्दै दुवैजनालाई सम्मान गरिर्एको थियो । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले दुवैजनालाई अविर टीका माला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभयो ।

यस्ता कार्यक्रमले कला, साहित्य र संगीतमा पुराना र नयाँ श्र्ष्टा र सर्जकहरु बीच एक अर्कालाई जोड्ने उपप्रमुख उप्रेतीको प्रतिक्रिया छ । कार्यक्रम सह आयोजकमा देही आर्ट र मेचीनगर नगरपालिका रहेको तथा ल्होत्से अंग्रेजी विद्यालय छहारी रेस्ट्रो र माँ पाथीभरा स्विट्स्ले सहयोग गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.