कानून व्यवसायी वरिष्ठ अधिवक्ता उप्रेती बने गीतकार

१४ मंसिर, मेचीनगर : झापाका हरिप्रसाद उप्रेती पेशाले कानून व्यवसायी हुन् । निक्कै समयअघिदेखि संघीय राजधानीमा बसेर कालोकोटमा सजिएर सर्वाेच्च अदालतमा वहस गरेरै उनको घरवार चलेको छ । तीनै वरिष्ठ अधिवक्ता उप्रेती अब गीतकारका रुपमा समेत प्रस्तुत भएका छन् । कानून व्यवसायीकारुपमा छुट्टै पहिचान बनाउन सफल उप्रेतीले आफूलाई एक चर्चित गीतकारकारुपमा समेत उभ्याउन सफल भएका छन् भने, उनको परिचय समेत थप फराकिलो बनेको छ ।

‘तिमीलाई नसोधेरै, प्रित मैले लाएको छु
अपराधी ठान्यौं, भने वयान दिन चाहेको छु’

बोलको गीत बजारमा ल्याएर गीतकार उप्रेतीले नेपाली गीत संगीतको यात्रालाई अघि बढाउँने कार्यमा एउटा इटा थप्ने काम गरेका छन् । कानून व्यवसायीका रुपमा रहे पनि आफ्नो सांगितीक यात्रालाई निरन्तर अगाडी बडाईरहेका गीतकार उप्रेतीको सो गीतमा अहिलेका जल्दाबल्दा तथा जादुमय स्वरका धनी पछिल्लो समय सर्वाधिकरुपमा रुचाईएका गायक विष्णु अधिकारीले आवाज भरेका छन् । संगीत समेत उनै अधिकारीले गरेका छन् । ओपल रेकर्डिङ्ग स्मुडियोमा गीत रेकर्डिङ्ग गरिएको हो । निक्कै मर्मस्पर्शी शब्दहरु गीतका लागि उनले चयन गरेका छन् । धरैले यो गीतलाई सुन्दर रचना, संगीत र समधुर गायनको त्रिवेणीको उपमा दिएका छन् ।

यस अघि बुवाको वियोगमा एउटा छन्दोबद्ध शोककाव्य, एउटा आत्माकथा र एउटा नियात्रा संग्रह प्रकाशन गरीसकेका उप्रेतीको एउटा फुटकर कविता संग्रह समेत प्रकाशन भईसकेको छ । यहि बेला गीत लेख्ने लहड चलेको र गीत लेख्न थालेको उनको भनाई छ । यस अघि पनि उनले रचना गरेको एउटा लोकगीत प्रसारण भइसकेको छ भने, अर्को आधुनिक गीत पनि म्यूजिक नेपालबाट युट्युवमा शीघ्र आउँदैछ ।

तिमीलाई नसोधेरै, प्रित मैले लाएको छु
अपराधी ठान्यौं, भने वयान दिन चाहेको छु
दिव्यतामा हराउँछु, कोमलतामा बिलाउँछु
मन्त्रमुग्ध बनी एक्लै, तिमीलाई पछयाउँछु
शब्द फूल केलाउँछु, कलाहरु चिहाउँछु
तिम्रा भाव संगालेर मोहनीमा झुमिदैंछु

गीतकार उप्रेतीले यो गीत एउटा युवकले युवतीसँग गर्ने एकोहोरो प्रेमको कल्पनालाई आधार बनाएर लेखेका छन् । उनको गीतका शब्दहरु पनि निक्कै गहकिला छन् । तयसैका कारण गायक अधिकारीले गीतलाई जादुमय ढंगले सलल बगाएका छन् । गीतकार उप्रेतीले नेपाली सांगितीक क्षेत्रमा उक्त गीत पृथक साथै दर्शक स्रोताहरुले रुचाउनेमा आफु विशवस्त रहेको बताएका छन । गीतको प्रारम्भमै ‘अपराधी ठान्यौं, भने वयान दिन चाहेको छु ’ भन्ने वाक्यले त गीतकार उप्रेतीको मुख्यः पेशाको पनि छनक दिएको छ । वयान शब्दको प्रयोगले वकालतको सुगन्ध छरेको छ । गीतका शब्द र गायक अधिकारीको जादुमय स्वरले हरेक श्रोताको मन छुन्छ ।

‘यसमा मेरो वकालत पेशाको विशेषता पनि झल्कियोस भनेर अपराधी र बयान शब्दलाई पनि समेटकोछु । ’ गीतकार उप्रेतीले भने । यस गीतलाई कुनै मनमर्दो व्यक्ति वा विषयप्रतिको अनुराग प्रकट गर्ने बिम्बको रूपमा पनि बुझ्न सकिने उहाँको भनाई छ । समाजमा देखिएका घटनाहरूको प्रभाव पनि गीतमा छ । उप्रेती प्रायः बिहानको ब्रह्म मुहूर्तमा सिर्जनाहरू गर्ने गर्छन् । यो गीत पनि त्यही समयमा लेखिएको उनको भनाई छ । यो गीतको पहिलो रचनालाई उनी आफैले एकदुई पटक सम्पादन गरेर निखार ल्याउने कोशिस गरेको बताउँछन् । ‘कविता र गीत दुवैमा कल्पनाशीलता हुने र कुनै कुनै घटनाको प्रभाव पनि परेको हुन्छ । यो गीत चाहिं एउटा युवकले युवतीसँग गर्ने एकोहोरो प्रेमको कल्पनामा आधारित छ ।’ गीतकार उपे्रतीले थपे ।

उप्रेतीको गीत बजारमा आएसँगै धेरैले प्रतिक्रिया जनाएका छन् । ‘कानून व्यवसायी, साहित्यकार तथा गीतकार गज्जवको त्रिवेणी ’उनका फ्यान हरिप्रसाद पोखरेलले प्रतिक्रिया दिएका छन् । हुनतः उप्रेती यी तिनै विधामा निक्कै सिपालु र पोख्त छन् ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.