यस वर्षको ‘जरा बर्ष पुरस्कार २०८१’ भण्डारी र ‘विरेन्द्र’लाई प्रदान

२२ फागुन, मेचीनगर : मेचीनगर, यस वर्षको ‘जरा बर्ष पुरस्कार २०८१ ’कवि गायक तथा संगीतकार चन्द्र भण्डारी सहित दुई जनालाई प्रदान गरिएको छ । बिहिबार झापाको मेचीनगर –११ मा रहेको श्री बलभद्र जनता माध्यमिक विद्यालय धाईजन झापाको ६५ ओैँ वार्षिकोत्सबका अवसरमा वरिष्ठ सञ्चारकर्मी समेत रहेका भण्डारी र भारत पश्चिम बंगाल शिलीगुडी निवासी वरिष्ठ साहित्यकार डाक्टर भिक्की प्रसाद‘विरेन्द्र’लाई प्रदान गरिएको हो ।

समाजमा लुकेर रहेका, ओझेलमा परेका तथा नउजेलिएका प्रतिभाहरुको गवेषकका रुपमा लोक आलोकित गर्न भण्डारीले गरेको सिर्जनशील,अनुकरणीय, अतुलनीय स्तुत्य सतकर्मको उच्च मुल्याङ्कन गदैं जरा फाउण्डेशनले यसवर्ष ‘जरा बर्ष पुरस्कार २०८१ ’ द्वारा भण्डारीलाई पुरस्कृत गरिएको हो ।

यसैगरी, सिमापारी बसेर पनि नेपाल र भारतबीच साहित्य, कला, संस्कृतिको माध्यमबाट सम्बन्ध समभुर बनाउन खेलेको भूमिकाको कदर गदैं भारतीय वरिष्ठ साहित्यकार डाक्टर ‘विरेन्द्र’ लाई प्रदान गरिएको हो । पुरस्कारको राशी जनही नगखद १५÷१५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

दुर्गादेवी सिटौला महतारी छात्रवृत्ति कोषबाट दीर्घ सेवा सम्मान शिक्षक होमराज ढकाललाई प्रदान गरियो । शिक्षासेवा जस्तो पवित्र सतकर्ममा समर्पित भएर ३१ बर्ष लामो निरन्तर सेवा र समर्पणको उच्च मुल्याङ्कन गदैं शिक्षक ढकाललाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्रसहितको दीर्घ सेवा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, जरा फाउण्डेशनकातर्फबाट विष्णु प्रसाईँ, मेचीनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शखाका प्रमुख उपसचिव होमनाथ भण्डारी,दुर्गादेवी सिटौला महतारी छात्रवृत्ति कोषका दाता सदस्यलगायतले सवैलाई अविर, टीका, माला तथा दोसल्ला पहिर्याएर नगद प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख बुढाथोकीले व्यानर वाचन गरेर वार्षिकोत्सबको विधिवतरूपमा उद्घाटन गरेका थिए । सोहि अवसरमा विद्यालयमा स्थापना भएका विभिन्न अक्षय कोषबाट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

विभिन्न समयमा शिक्षा र सामाजिक क्षेत्र तथा विद्यालयको उन्नयनका लागि योगदान गर्नुहुने विभिन्न शिक्षासेवी, समाजसेवीलगायतलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा निर्माण व्यवसायी नयन वराल, ओमनाथ पौडेल, समाजसेवी नरेन्द्र गछामीलगायत थिए ।

प्रमुख अतिथि बुढाथोकी, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शखाका प्रमुख उपसचिव होमनाथ भण्डारी, सर्जक चन्द्र भण्डारी, भारतीय साहित्यकार डाक्टर भिक्की प्रसाद ‘विरेन्द्र’, शिक्षासेवी, समाजसेवीलगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति चिमरियाको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन शिक्षक टिकेन्द्र खनालले गरेका थिए । प्रधानध्यापक तुलसीप्रसाद सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैं शब्दद्वारा सहभागी सवैलाई स्वागत गरे ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.