२७ चैत, मेचीनगर : झापा मेचीनगर —७ सतिघट्टाका ३९ वर्षीय जीवन धिताल पेशाले शिक्षक हुन । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने शनिश्चरे माध्यमिक विद्यालय र विर्तामोड नगरपालिकाभित्र पर्ने मोहनमाया माध्यमिक विद्यालयमा माध्यमिक तहमा विज्ञान शिक्षकका रुपमा कार्यरत उनी अधिकाँश समय विद्यालयमा आफ्ना सहकर्मी र विद्यार्थीहरुसँग रमाउँछन् चक र डस्टर बोकेर कक्षा छिर्ने जीवनको परिचय अब यतिमा मात्र सिमीत रहेन् ।
प्रत्येक विद्यार्थी र उनका अभिभावक अनि उनकै सहकर्मीबीच रहने उनै शिक्षक जीवन अब हरेक संगीतप्रेमी श्रोताहरुका मन मनमा बस्न सफल भएका छन् । नवोदित गायक जीवन धितालको स्वरमा रहेको ‘दुःखी रहेछ जिन्दगी’बोलको गीत बजारमा आए पछि । भरखरै बजारमा आएको गीतकार विरही अधिकारीको शब्द रचना र हरी पौडेलले संगीतबद्ध गरेको ‘दुःखी रहेछ जिन्दगी ’बोलको गीतमा उनै जीवनले स्वर दिएका छन् । गीतकार विरही झापाका चुनेजानेका श्रष्टा हुन । उनी राम्रा राम्रा कविता मात्र कोर्दैंनन् कोकिल स्वरमा वाचन समेत गर्छन । संगीतकार पौडेलको पनि परिचय निक्कै फराकिलो छ । उनले गाएको गीतको म्यूजिक भिडियो बजारमा छ ।
कुशल म्यूजिक भिडियो निर्देशक कृष्ण अनमोलले निर्देशन गरेको गीतको एरेञ्जर ध्रुव आचार्य रहेका छन् । सुधिरसिंह बराइली रेकर्डिष्ट रहेको गीतमा कलाकारहरु कृष्ण अनमोल, सृष्टि आचार्य, महेन्द्र कोइराला, अर्जुन खरेल, सनम शाह शंकर, रोनी सुन्दासलगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
‘एक सुको पैसा घरमा ल्याउनु छैनु जतिबेलै कविता , विहान विहानै यो कविता लेख्न तपाईको यो शुरु भो हैन ।’ म्यूजिक भिडियोको प्रमुख पात्राको रुपमा रहेकी श्रृष्टि आचार्यले कविता लेख्दैं गरेका अर्का पात्र कविका रुपमा देखा परेका कृष्ण अनमोललाई भन्छिन् ।
जवाफमा ‘एउटा पत्रिकालाई यो कविता दिनु छ अनु’ मलिन स्वरमा कृष्ण अनमोल ।
कविको रुपमा रहेका कृष्ण भन्छन् ‘अनु म कवि हुँ, मेरो धर्म कविता लेख्नु हो’
सबैभन्दा ठूलो धर्म आफ्नो परिवार पाल्नु हो, सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुहो, यस्तो कविता सविता लेखेर केही पनि हुनेवाला छैन श्रीमान ज्यू , लेख्दै गरेको कविता हातबाट खोसेर फ्याकिदिन्छिन् । यो सँगै कृष्ण र श्रृष्टिबीचको संवाद बन्द भएपछि नवोदित गायक गायक जीवनको स्वरमा गीत यसरी बग्छ । आ …………आ ……….आ…,‘दुःखी रहेछ यो जिन्दगी , बोल्दैैनन् यी चोटहरु ।
कृष्ण र श्रृष्टिबीचको संवादले नै स्पष्ट हुन्छ श्रष्टाको हालत । कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने सकस गीतको पार्श्व दृश्यमा चित्रण गरिएको छ । गीतमा समावेश नेपाली समाजमा साहित्यकारहरुले आफ्नो सिर्जना पस्कन झेल्नुपरेको संघर्षको दृश्यलेलाई दर्शक एवम् पाठक सामु देखाइएको छ ।
२०५७ पूर्वी पहाडको खान्द्रुङ मावि सिद्धिथुम्काबाट एसएलसी उतिर्ण गरेका जीवनको शैक्षिक योग्यता एमएसी एमएड हो । निर्णय लिन, असफलता , कसैको धम्की, मिहिनत गर्न र एक्लोपना यी पाँच कुराबाट कहिल्टै नडराउन र पछि नहट्न उनको सुझाँव छ ।
संगीत कक्षाः बिराटनगर स्थित भानु कला केन्द्रबाट गुरु साजन राई(ख्याती प्राप्त गायक) बाट शास्त्रीय र सेमी क्लाशिकलको शिक्षा हासिल गरेका जीवनको हाल सम्म प्रकाशित गीत/ भिडियोःआफ्नै च्यानल जीवन धितालबाट बाट ४/५ ओटा ओएसआर बाट पछिल्लो र अन्य रेकर्डिङको क्रममा रहेका छन् । रचना,संगीत र गायन तीनै विधामा संघर्षरत उनी झापाका विभिन्न साहित्यक र साङ्गितीक संघ संस्थामा आवद्ध छन् । गीत संगीतमा अहोरात्र खटिने र सिर्जनामा लागिरहने उनको भावी योजना रहेको उनले सुनाए । उस्मा वाल्यकाल देखि नै लेख्ने बानी थियो, कडा मिहिनत परिश्रम कामप्रतिको जिम्मेवारीका कारण अहिले सफलताको शिखर चुम्दैंछन् । उनका सहकर्मीहरुको भनाई । ‘सानै उमेरदेखि गीत संगीत भने पछि हुरुक्क हुन्थयो’ पिता गणेशले भने —‘अब गीत संगीत नै आफ्नो भावना व्यक्त गर्ने बलियो आधार बनाउँने उस्को सोच छ । ’