“दासता “- कवि शिव रेग्मी”गोविन्दपुरे”

दासता
******
समयक्रमले
दास प्रथा, सति प्रथा, हलिया, कमैया
सबै सबै उन्मुलन गरायो,
उन्मुक्ति दिलायो

सम्भ्रान्त, साममन्त, ग्राम-सत्ता वा ग्राम-पन्च कै
बन्धक सत्ता त थियो त्यो अबोध जनको
तत् समयको ।

आज जगतमा अर्को बन्धक प्रथा हाबी भएको देख्दैछु
दलिय सत्ताको । स्वार्थको । अन्धभक्तको । कार्यकर्ताको
जो अर्को दलिय सत्ता
सुन्दै सुन्दैन । चिन्दै चिन्दैन । देख्नै चाहदैन ।
र एउटै इशारामा नाचिरहन्छ दशकौं दशक
खै!कुन्नि कुन ललिपपको लोभमा हो !

हे महामहिम!
यो प्रथाको उन्मुलन कहिले हुनेछ !!!!

(मोरङ गोविन्दपुर निवासी कवि शिव रेग्मी “गोविन्दपुरे” एक कुशल कवि,गजलकार हुन् । उनका करीब एक दर्जन कविताहरु राष्ट्रिय नाचघरमा रङकर्मी बिरेन्द्र हमालको निर्देशनमा मन्चन भैसकेका छन् ।)

Exit mobile version