Wednesday, June 23, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारभदाैमा महाधिवेशन गर्न प्रतिवद्ध छु : सभापति देउवा

भदाैमा महाधिवेशन गर्न प्रतिवद्ध छु : सभापति देउवा

२६ जेठ, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाैमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बाताउनु भएको हो।

‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर याे एक महत्त्वपूर्ण राजनीतिक अभियान हाे’, देउवाले भन्नु भएको छ ।

कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्ति प्रति देउवाले आपत्ति समेत जनाउनु भएको छ ।

हेर्नुहोस् प्रेस वक्तव्य

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु