मेचीनगरमा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मेचीनगर नगरपालिका वडा नं. ५ की ७२ वर्षीय महिलाकाे धरान स्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

स्वास फेर्न गाह्रो हुने, शरीरमा कमजोरी हुने लगायतका स्वास्थ्य समस्या आएपछि करिब एक हप्ता अघि महिलालाइ अस्पताल पुर्याइएकाे थियाे ।

उपचारकै क्रममा महिलामा काेराेना संक्रमण पुष्टि भएकाे र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा आज विहान निधन भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

कोरोना संक्रमितको निधन भएसंगै शवको ब्यवस्थापन नेपाली सेनाले झापाको कन्काई माइ घाटमा गरेको बताइएको छ । योसंगै झापामा कोरोना संक्रमितको निधन भएको संख्या ४ पुगेको छ ।

Post navigation
बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट निको भए
झापामा साेमबार १ जनामा कोरोना संक्रमित थपिए

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पाथिभरा यात्राका क्रममा दुर्घटना : गाडीमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ घाइते

पाथिभरा मन्दिर दर्शन गर्न जाँदै गरेका तीर्थयात्री सवार गाडीमा भएको भीषण आगलागीमा ४ जनाको ज्यान गएको छ भने २ जना...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.