मेचीनगरमा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मेचीनगर नगरपालिका वडा नं. ५ की ७२ वर्षीय महिलाकाे धरान स्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

स्वास फेर्न गाह्रो हुने, शरीरमा कमजोरी हुने लगायतका स्वास्थ्य समस्या आएपछि करिब एक हप्ता अघि महिलालाइ अस्पताल पुर्याइएकाे थियाे ।

उपचारकै क्रममा महिलामा काेराेना संक्रमण पुष्टि भएकाे र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा आज विहान निधन भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

कोरोना संक्रमितको निधन भएसंगै शवको ब्यवस्थापन नेपाली सेनाले झापाको कन्काई माइ घाटमा गरेको बताइएको छ । योसंगै झापामा कोरोना संक्रमितको निधन भएको संख्या ४ पुगेको छ ।

Post navigation
बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट निको भए
झापामा साेमबार १ जनामा कोरोना संक्रमित थपिए

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.