Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

लडाई जितियो तर तलव कम भयो : कप्तान रुबिना

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 25, 2020
  • 11:33 AM
  • No Comments
भित्र खेलकुद, मुख्य समाचार
190 2
A A
Share on FacebookShare on Twitter
मेचीनगर | नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेटरका लागि पहिलो पटक मासिक तलबको व्यवस्था गर्दैछ ।
गत मंगलबार चितवनमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२० देखि महिला क्रिकेटरलाई मासिक तलब प्रदान गर्ने निर्णय गरेको हो ।
क्यानले महिला क्रिकेटरलाई तीन ग्रेडमा विभाजन गरेर खेलाडीसँग सम्झौता गर्दै तलब दिने निर्णय गरेको हो ।
तीन ग्रेडमा १९ जना महिला क्रिकेटर समावेस छन् । जसमा ए ग्रेडका क्रिकेटरले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी ग्रेडका क्रिकेटरले मासिक १२ हजार र सी ग्रेडका क्रिकेटरले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलाले प्राप्त गर्ने मासिक तलब पुरुष क्रिकेटरको तुलनामा एक तिहाई पनि छैन । क्यानले ए ग्रेडका पुरुष क्रिकेटरलाई ५० हजार, बी ग्रेडलाई ४० हजार र सी ग्रेडलाई ३० हजार रुपैयाँ मासिक तलब प्रदान गर्नेछ ।
क्यानले पहिलो पटक महिला क्रिकेटरका लागि तलब दिने निर्णय राम्रो भए पनि तलब रकम न्यून भएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बताउँछिन् ।
‘क्यानले राम्रो सुरुवात गरेको छ । एउटा सिस्टम बसेको छ त्यसमै खुसी छु,’ उनले भनिन्, ‘यो २० वा २५ हजारसम्म हुन सक्थ्यो । हामी काठमाडौंमा भाडामा बस्नु पर्छ । क्याम्प नभएको खण्डमा आफैले अभ्यासमा सहभागी जनाउनु पर्छ । आफ्नो खेलको स्तर बढाउनु छ भने हामीलाई काठमाडौं अथवा फरक–फरक ठाँउमा जानु पर्दा खर्च चाहिन्छ । १५ हजारमा त एउटै ब्याट मात्र आउँछ ।’
तर पनि वर्षौको लडाइँ जितेकोमा रुबिनाले खुसी व्यक्त गर्दै राम्रो सन्देश गएको बताइन् ।
‘महिला क्रिकेटमा सिस्टम सुरु भएको छ । यसैका लागि हामीले यत्रो वर्ष लडाइँ लड्यौ,’ उनले भनिन्, ‘अब यसलाई निरन्तरता दिइराख्यो भने युवा पुस्ता जोगाउन सजिलो हुन्छ । खेलाडीहरु क्रिकेटमा आउनुहोस्, अब केही छ, तपाईँ ढुक्क भएर आउन सक्नु हुन्छ । त्यसैले म उत्साहित छु ।’
उपकप्तान सीता रानामगर महिला क्रिकेटरलाई तलब दिने सुरुवात गरिए पनि रकम थोरै भएकोमा दुःखी छिन् ।
‘सुरुवात गर्नु त भयो । तर यो महँगीमा पैसा कम भयो । पैसा कम हुँदा दुःखी भएको छु,’ सीताले भनिन्,‘यो तलबले जीवकोपार्जन गर्न गाह्रै हुन्छ । अझै अपग्रेडिङ गर्दै लग्यो भने नयाँ पुस्ताका खेलाडीलाई क्रिकेटमै लागेर जीविकोपार्जन गर्न सहज हुनसक्छ ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटरलाई दिइने तलब थोरै भए पनि सुरुवात गरिएको कामलाई सबैले सकारात्मक रुपमा लिनु पर्ने बताउँछन् ।
‘नेपालको इतिहासमा पहिलो पटक महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा ल्याइएको छ । रकम थोरै भए पनि एउटा सुरुवात त भएको छ नि,’ अध्यक्ष चन्दले भने ।
उनले पुरुष क्रिकेटरलाई पनि पाँच हजार रुपैयाँबाट तलब दिन सुरुवात गरेको स्मरण गर्दै क्यानको निर्णयको बचाउ गरे ।
‘पुरुष क्रिकेटरलाई पाँच हजार, दश हजार हुँदै पचाँस हजारसम्म दिने अवस्थामा छौं,’ उनले भने, ‘तलब दिन सुरु गर्दा महिला क्रिकेटरलाई जोशजागरले क्रिकेटमा लाग्नका लागि प्रोत्सहान गर्छ । नयाँ अध्याय सुरु भएको छ । रकम भन्ने कुरा क्यानको अवस्था अनि समय परिस्थितले वृद्धि हुँदै जान्छ ।’
Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

प्रयोग भइसकेका ३ लाख २० हजार कन्डम जफत

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In