कमल गाउँपालिकाले पाँच शैयाको कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।
कोरोना सङ्क्रमितलाई उपचार गर्न सरकारले आफ्नै पालिकामा कम्तीमा ५ शैयाको अस्पताल बनाउन भनेपछि कमल गाउँपालिकाले यसको निर्माण गरेको हो ।
वडा नं. ५ मा बनेको कोरोना अस्पतालमा एमबीबीएस चिकित्सक र चार जना नर्स रहन्छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठले अस्पताल परिसरमै आइसोलेसन र क्वारेन्टाइन पनि बनाइएको जानकारी दिए ।
अस्पताल आजैदेखि सञ्चालनमा आएको छ । पहिलो दिन १५ जना क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका छन् ।
प्रदेश नं. १ मै पालिकाको प्रमुखमा महिला भएको कमल गाउँपालिका मात्र हो । यहाँकी अध्यक्ष मेनुका काफ्लेले थुप्रै रचनात्मक कार्य गर्दै आएकी छन् ।
अस्पताल भवनको छानोमा टस्ट र जस्तापाता लगाइएको छ । सिमेन्टको ढलानको भुई भए तापनि टाटीबेरा बासका भाटाका छन् ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको आज एक समारोहबीच उदघाटन गरे ।