Thursday, March 4, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह मुख्य समाचार

एकवर्षमा मेचीनगरका सरकारी स्वास्थ्य केन्द्बाट १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिए

२ सय ७२ जनाले प्रसुत सेवा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 29, 2020
0
1 min read
in मुख्य समाचार, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
0
सेयर
57
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
एकवर्षमा मेचीनगरका सरकारी स्वास्थ्य केन्द्बाट १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिए

काँकरभिट्टा | मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ ÷ २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच वापत १ सय २० जनालाई ९६ हजार, यातायत खर्च वापत २ लाख ७२ हजार र शोधभर्ना रकम वापत संस्थालाई २ लाख ७२ हजार गरी कुल रकम ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । नगरभित्रका विभिन्न स्वास्थ्य केन्द्रबाट नियमित सेवा सञ्चालन भइरहेको राईको भनाई छ ।

नगरभित्रका बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, दुहागढी र धाइजन गरी ५ वटा स्वास्थ्य चौकी , मेचीनगर— १० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारी एउटा, मेचीनगरको ९ नम्बर वडामा रहेको मागुरमाडी र मेचीनगर— ५ मा दुईवटा शहरी स्वास्थ्य केन्द्र तथा मेचीनगर —१मा सामुदायिक स्वास्थ्य केन्द्रबाट अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाहरु प्रदान गरीएको संयोजक राइृको भनाई छ । मेचीनगर— १० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा डक्टरको दरवन्दी रहेको उहाँले बताउनुभयो ।

नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र नगरका १५ वटा वडाको एउटै मात्र निःशुल्क प्रसुती सेवा दिने स्वास्थ्य केन्द्र हो । जहाँ प्रसुती गराइन्छ । आमा र नवजात शिशुको मृत्यु दर कम गर्नु यसको मुख्यः उद्घेश्य रहेको उहाँको भनाई छ । यसैगरी, काँकरभिट्टा स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना गर्भवती सेवा लिन आउनु गरेको केन्द्रका सिनियर अनमि भद्रिका विसुंखेले जानकारी दिनुभयो ।

नगरका सरकारी स्वास्थ्य केन्द्रले एकवर्षको अवधिमा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत २०७६ कात्कि २ र ३ तथा २०७७ असार २२ र २३ गते महिला स्वास्थ्य स्वयम्सेविकाहरुद्वारा नगरभरिका ६ महिनादेखि ५ वर्ष मूनिका १० हजार २ सय ५२ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि वितरण गरिएको थियो । यो कार्यक्रमका लागि १ लाख ८१ हजार १ सय रुपैयाँ खर्च भएको थियो ।

कीटजन्य रोग नियन्त्रण अन्तर्गत डेंगुरोग नियन्त्रणका लागि ८३ महिला र १ सय ७ पुरुषको आरडिटी परीक्षण गर्दा १ सय ९० जनाको आरडिटी पोजेटिभ फेला परेको थियो। त्यसपछि लार्भा सर्ज र डिस्ट्व गर्ने काम, सरोकारवालाहरुसँगको अन्तरक्रिया, शंकाष्पद बिरामीको निःशुल्क आरडीटी परीक्षण, विषादी छिटकाउ, पर्चा पम्प्लेट वितरण, चेतनामुलक कार्यक्रम, नगरको वडानम्बर ६,७, १३ र १५ मा ३ हजार ५ सय ९४ घर कटेरोमा डेंगु औलो, कलाज्वार रोग नियन्त्रणका लागि मच्छड मार्ने विषादी टिकाउ गरिएको र त्यसमा १ लाख ९१ हजार ६ सय ७० रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७६ ÷ २०७७ मा डेंगुका कारण मेचीनगर —७ मा ४० वर्षीय एक पुरुषको निधन भएको संयोजक राईले बताउनुभयो ।

हात्तीपाइले रोग विरुद्घको आम औषधि सेवन वितरण एमडिए कार्यक्रमकालागि सशर्त अनदानतर्फको ११ लाख ५७ हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ । आम औषधि सेवनका लागि लक्षित २ वर्षदेखि ७० वर्षसम्मका कुल ८६ हजार ९ सय २ जना मध्ये ५८ प्रतिशत वा ५० हजार ७ सय २७ जना प्रत्यक्षरुपमा लाभावन्तित भएका थिए ।

विश्व कुष्ठरोग दिवस तथा आयोडिन सम्बन्धि महिनाव्यापी कार्यक्रम अनतर्गत महिला तथा आमा समुह, विद्यालय स्वास्थ्य कार्यक्रम तथा सार्वजनिक स्थलमा प्रदर्शनि गरिएको थियो । अपागंता दिवसमा समेत चेतनामुलक कार्यक्रम गर्नुका साथै १६ औँ महिला स्वास्थ्य स्वयम्सेविका दिवसमा अवसरमानगरभरिका प्रत्येक वडाबाट १ /१ जना गरी १५ वटा वडाका १५ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगदसहित सम्मान गरिएको थियो । नगरपालिकााके बजेटबाट नगरभरिका ९५ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समुदायमा सेवा प्रदान गरे वापत जनही ६ हजार ४ सय ५६ रुपैयााँक दरले ५ लाख ८१ हजार ४० रुपैयाँ नगद प्रदान गरिएको शाखा संयोजक राईको भनाई छ । कोभिड १९ नियन्त्रण तथा रोकथाममा खटे वापत ७४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही १ हजार ५ सयका दरले १ लाख ११ हजार रुपैयाँ वितरण गरिएको थियो । क्षय तथा क्ष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्वारा प्रदान गदैं आइरहेका सेवाहरुको त्रैमासिक रुपमा समिक्ष गरी विवरण अध्यावधिक गरिएको र जस अनत्र्गत १ सय २० जना नयाँ क्षयरोगी निदान तथा उपचार व्यवस्थापन गरिएको थियो । त्यसैगरी कुष्ठरोग नियन्त्रण अन्तर्गत १२ जना रोगीमध्ये ९ जना पूर्ण उपचार लिई ३ जना उपचारमा रहेको र त्यस वापत ५४ हजार रुपैयाँ खर्च भएको शाखाले जनाएको छ । नियमित रुपमा खोपसेवा अन्तर्गत नगरभरिका एकवर्षमूनिका २ हजार ८५ जना बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिएकोको शाखाका सह संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । पुर्ण खोप छुट बालबालिकाको खोजी कार्य गरी ४१ जना छुट बच्चाहरुलाई तालिका अनुसारको खोप प्रदान गरी २०७७ असार २० गते नगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना कायम रहेको निर्णय सर्वसम्मतले पारित गरेको र त्यसका लागि ३ लाख ५० हजार ७ सय ५० रुपैयाँ बजेट खर्च भएको यादवको भनाई छ । नोवल कारोना भाइरस कोभिड १९ को महमारीमा समेत खोपलाई नियमित सञ्चालन गरिएको थियो । ५ वर्षमूनिका बच्चहरुमा रोटा भाइरसको कारण लाग्ने झाडापखालारोग विरुद्घको हाल सञ्चालित रोटा खोप कार्यक्रमको लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको थियो ।

२०७६ माघ १४ मा काँकरभिट्टा नाकामा नोवल कोरोना भाइरस कोभिड १९ परामर्श सहायता कक्ष स्थापना गरेर माघ १५ गतेबाट स्वास्थ्यकर्मीबाट यात्रुहरुको स्क्रिनिंग कार्य शुरु गरी २८ हजार ४६ महिला ७२ हजार ६ सय ७९ पुरुष तथा २ हजार ३ सय २३ बालबालिकागरी कुल १ लाख ३ हजार ४८ जनालाई स्क्रिनिंग गरिएको शाखा संयोजक राईको भनाई छ । जस्मा १ लाख ७७ हजार रुपैयाँ खर्च भएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वडामा क्वारेन्टाइन तथा मेचीनगर ११ धाइजन स्वास्थ्य चौकीमा नगरपालिकास्तरीय आइसोलेसन सेन्टर स्थापना गरिएको, पीसीआर नमूना संकलनका लागि ३ जना स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम प्रदान गरिएको थियो ।

0
सेयर
57
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

अर्को समाचार

लक्ष्यमा फेरबदल गरे लगतै पहिलो महिनामै १७ दशमलव ४६ प्रतिशत राजस्व बृदि

सम्बन्धित समाचारहरु

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा
खेलकुद

सहज जीत निकाल्दै हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा

सि. एन. गौतम
March 3, 2021
दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
खेलकुद

दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

सि. एन. गौतम
March 2, 2021
प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
मुख्य समाचार

पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

मेरो मेचीनगर डेस्क
March 2, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
    एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह
  • पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
    पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल
  • दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
    दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा
  • प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
    प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

अर्को समाचार
लक्ष्यमा फेरबदल गरे लगतै पहिलो महिनामै १७ दशमलव ४६ प्रतिशत राजस्व बृदि

लक्ष्यमा फेरबदल गरे लगतै पहिलो महिनामै १७ दशमलव ४६ प्रतिशत राजस्व बृदि

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz